आइतवार दिउँसो कालिमाटी स्थित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा दैनिक उपभोग्य वस्तु खरीदका लागि चर्को घाममा उभिएका सर्वसाधारण । निषेधाज्ञाको अवधिभर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म साल्ट ट्रेडिङ कर्पोरेसनले २० प्रतिशत छूटमा गहुँको पिठो, चिनि, नून, भटमासको तेल, खाना पकाउने ग्याँस चामल लगायतका सामान विक्री गर्ने गरेको छ । उक्त छूटमा सामान खरीद गर्नका लागि नागरिकता प्रमाण पत्रको प्रतिलिपिमा परिवारको सदश्यहरुको नाम र संख्या उल्लेख गरी एक प्रति फोटोकपी बुझाउनु पर्ने कर्पोरेसनले बताएको छ । तस्वीर : प्रकाश के.सी / आर्थिक अभियान