३७ भन्दा बढी मुलुकका पारखीको धीत मार्दै नेपाली चिया

चियाको गुणस्तर मूल्यांकनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको चियाले ग्रान्ड गोल्ड मेडल प्राप्त गरेपछि माग झन् बढ्न थालेको छ।...

सम्बन्धित सामग्री

३८ करोडले घट्यो चिया निकासी

विराटनगर। पूर्वी तराईका किसान र व्यवसायी सीटीसी चियाको निकासी घटेपछि चिन्तित छन् । गतवर्ष यस समयमा सीटीसी चियाको निकासी भइसक्नेमा यो वर्ष किसान र व्यवसायीका गोदाममा थन्किएको छ । भन्सार विभागका अनुसार पोहोरको तुलनामा यसपालि चिया निकासी घटेको छ ।  गत आर्थिक वर्ष (आव) को ५ महीनाको तुलनामा यो वर्षको सोही अवधिमा ३८ करोड ३८ लाख रुपैयाँ कमको चिया निकासी भएको छ । निकासी परिमाण २८ लाख ८३ हजार १८२ किलोले घटेको छ । चालू आवको पहिलो ५ महीनामा १ अर्ब ८७ करोड १७ लाख ७२ हजार रुपैयाँको ७१ लाख ८२ हजार ३४८ किलो चिया निकासी भएको छ ।  निकासी घटेको तथ्यांक र भारतीय व्यापारीले किन्न चासो नदेखाएपछि किसान र व्यवसायीलाई यसपालि चिया गोदाममै थन्किने हो कि भन्ने भयले सताउन थालेको छ । पछिल्ला तीन आवको तथ्यांक हेर्दा शुरू वर्षको तुलनामा दोस्रो वर्ष निकासी घटेको र तेस्रो वर्ष बढेको देखिन्छ ।  भारतीय चिया बोर्डले बेलाबेलामा अनेक बहाना निकालेर नेपाली चिया निकासीमा अवरोध गर्ने गरेको छ । नेपालबाट भारतलगायत विश्वका २२ देशमा अर्थाेडक्स र सीटीसी चिया निकासी हुन्छ । अर्थाेडक्स भारत र तेस्रो मुलुक जान्छ भने सीटीसीको प्रमुख बजार भारत नै हो । नेपाल सरकारले भारत सरकारसँग सम्झौता गरी सीटीसी चिया निकासीमा अवरोध नहुने वातावरण बनाउनुपर्ने व्यवसायी बताउँछन् । यसो नगर्दासम्म स्वदेशी चिया उत्पादक र व्यवसायी ढुक्क हुन नसक्ने उनीहरूको भनाइ छ ।  चिया उत्पादन बढी भएको र भारतले ल्याब परीक्षणलगायतमा थोपर्ने शर्तले अहिले नेपाली सीटीसी चिया भारतीय बजारमा सहजै निकासी हुन नसकेको नेपाल चिया उत्पादक संघका महासचिव शिवकुमार गुप्ताले बताए । उनी भन्छन्, ‘यो वर्ष चिया निकासी घटेको छ । जुन गतिमा चिया भारतीय बजारमा जानुपर्ने हो त्यो नहुँदा किसान र व्यवसायी तयार भएको चिया गोदाममा थन्क्याउन बाध्य छन् ।’  भारतीय चिया बोर्डले बेलाबेलामा अनेक बहाना निकालेर नेपाली चिया निकासीमा अवरोध गर्ने गरेको छ ।  झापाका किसान पर्वत डाँगी अहिले घरघरमा चिया स्टक रहेको बताउँछन् । बढ्दो उत्पादन लागत र भारतीय चिया जस्तै अक्शनमा भाग लिन नपाउँदा नेपाली चिया जहिले पनि भारतीय व्यापारीको मूल्यमा बेच्नुपर्ने बाध्यता छ । किसान र व्यवसायीका अनुसार नेपाली सीटीसी चियाको उत्पादन लागत प्रतिकेजी १६५ रुपैयाँ पर्छ । भारतीय व्यापारी ८५ रुपैयाँ किलोमा माग्छन् । यसले गर्दा यसपालि चिया विक्री गर्न नसकिएको उनीहरूले बताए । झापा हल्दिबारीको पाराखोपी साना किसान चिया सहकारी संस्थामा आबद्ध डाँगी र उनको समूहको २५० बिगाहामा चिया बगान छ । उनीहरूले वार्षिक ६ लाख किलोसम्म चिया विक्री गर्छन् ।  नेपाली चिया परीक्षण गराउन कोलकाता लैजानुपर्छ । निकासीमा धेरै किसिमका झन्झट छन् । सरकारले भारत सरकारसँग चियाका सबै अवरोध हटाउने गरी सम्झौता गरे मात्र यो समस्याको दीर्घकालीन समाधान निस्कने नेपाल टी प्लान्टर एशोसिएशनका अध्यक्ष उदय चापागाईंले बताए । नेपाली सीटीसी र अर्थाेडक्स चिया भारतीय व्यापारीले किनेपछि अन्य चियामा मिसाउने गरेकाले भारतीय टी बोर्ड नेपाली चियाप्रति सकारात्मक बन्न नसकेको हो । चियाको गुणस्तरमा नेपाली किसान र व्यवसायीले ध्यान दिए चीनमा पनि निकासी गर्न सकिने उनले बताए । चापागाईंका अनुसार प्रदेश १ को २० लाख किलो सीटीसी र १० लाख किलो अर्थाेडक्स चिया मेची भन्सार नाकाबाट निकासी हुन्छ ।  भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट आव २०७७/७८ मा ३ अर्ब ७९ करोड ७१ लाख र २०७८/७९ मा ३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँको चिया निकासी भएको छ । आव २०७९/८० मा ३ अर्ब ९३ करोड ७२ लाख ६७ हजार रुपैयाँको १ लाख ६५ हजार ९४९ मेट्रिक टन चिया निकासी भएको तथ्यांक छ ।

टोकलाको ‘टोकला गोल्ड लिफ टी ब्याग’ इन्भेलपमा

काठमाडौं। नेपाल चिया विकास निगम लिमिटेडले टोकला चियाअन्तर्गत आठओटा नयाँ फ्लेबरयुक्त चिया ‘टोकला गोल्ड लिफ टी ब्याग’ इन्भेलपमा ल्याएको छ । कम्पनीका अनुसार उच्च गुणस्तरको इन्भेलप र प्याकिङसहित आठओटा स्वादमा चिया बजारमा ल्याइएको हो, जसमा टोकला गोल्ड लिफ ब्ल्याक टी, टोकला गोल्ड लिफ मसला टी, टोकला गोल्ड लिफ हनी लेमन र टोकला गोल्ड लिफ टर्मेरिक जिन्जर तुलसी छन् । त्यस्तै टोकला गोल्ड लिफ अर्ल ग्रे, टोकला गोल्ड लिफ ग्रिन टी, टोकला गोल्ड लिफ डेटक्स टी र टोकला गोल्ड लिफ टी रहेको बताइएको छ । आफ्नै बगानमा उत्पादन गरेको र नेपाली चिया बजारमा १६० वर्षभन्दा बढी अनुभव बटुलेको कम्पनीले बजारको आवश्यकता र माग अनुसार उच्च गुणस्तरीय प्याकिङसहित इन्भेलपमा यी चिया ल्याएको बताइएको छ । उक्त चियाको बजार मूल्य रू. १६० देखि २२५ सम्म निर्धारण गरिएको छ ।

नेपाल टी कलेक्टिभको सेवा नेपालमा पनि

न्युयोर्कमा स्थापित नेपाल टी कलेक्टिभले नेपालमा पनि सेवा सुचारु गर्ने भएको छ । सन् २०१६ देखि नेपाल टि कलेक्टिभले नेपालका अर्गानिक, साना तथा सामुदायिक खेतबाट प्राप्त अर्थोडक्स नेपाली चिया संयुक्त राज्य अमेरिका लगायत ४२ भन्दा बढी देशका ग्राहकलाई वितरण गर्दै आएको छ । हालसम्म यसले १ करोड कप चिया विश्वभर बेचिसकेको छ । अब नेपाली […]

नेपाली चियालाई भारतीय बजारकै भर

चीनपछि सबैभन्दा बढी चिया उत्पादन गर्ने देश भारत भए पनि नेपाली उत्पादनको बजार भने भारतमै निर्भर  छ । पश्चिम बंगालसहित भारतका केही राज्यहरुमा नेपाली चिया खपत हुँदै आएको छ । युरोपलगायतका देशहरुमा नेपाली अर्थोडक्स चिया निर्यात गर्दै आएका उद्यमी उदय चापागाईंका अनुसार नेपालले वार्षिक करिब २ करोड ३० लाख किलो चिया उत्पादन गर्छ ।

३७ भन्दा बढी मुलुकमा नेपाली चिया

काठमाडौं, फागुन २५। नेपाल अधिकतर वस्तुमा परनिर्भर छ। बर्सेनि खर्बौंको कृषिजन्य वस्तु आयात गरिरहेको छ । तर नेपाली चियाले विश्वका ३७ बढी मुलुकका चिया पारखीको धीत मारिरहेको छ । नेपाली बगानमा उत्पादित चियाको स्वादले विश्व बजारका उपभोक्तालाई आकर्षित गरिरहेको छ । यहाँ उत्पादित चिया गुणस्तरीय भएकैले अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको र अहिले ३७ बढी […]

नेपाली चियाको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या

झापा । नेपाली चियाको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला स्वदेशमा नहुँदा चिया उत्पादक व्यवसायी समस्यामा परेका छन् । नेपालको चिया गुणस्तर परीक्षण नगरी भारतले आयातको अनुमति दिँदैन । तर स्वदेशमा प्रयोगशाला नहुँदा व्यवसायीलाई भारतकै पश्चिम बंगालको कोलकातामा परीक्षण गर्नुपर्ने बाध्यता छ । उद्योगीले तयारी चिया बोकेका कन्टेनर हप्तौं काँकरभिट्टा भन्सारमा राखेर कोलकातामा परीक्षण गर्न लैजान्छन् । परीक्षणको ‘रिपोर्ट’ आएपछि मात्र भारतलगायत तेस्रो देशमा चिया निर्यात हुने गरेको नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले बताए । मुलुकमै चिया निर्यातबाट वार्षिक ३ अर्बभन्दा बढी रकम भित्रिरहँदा पनि सरकारले स्वदेशमै प्रयोगशाला स्थापनाको पहल नगरेको गुनासो गरे । ‘चिया उद्योगप्रति सरकारको व्यवहार विभेदपूर्ण छ,’ उनले भने, ‘भारतले गुणस्तर परीक्षण नगरी एक प्याकेट पनि चिया लैजान दिँदैन, त्यति टाढा कोलकाता पुर्‍याएर गुणस्तर परीक्षण गर्दा समय र लागत बढ्छ ।’ नेपाली चिया उत्पादकहरूले गुणस्तर परीक्षण गर्ने मान्यताप्राप्त प्रयोगशाला खोल्न सरकारसँग पटक पटक माग गरेका छन् । मुलुकभित्र चियाको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला नहुँदा भारतमा जस्तो गुणस्तर मापन हुन्छ, त्यसकै आधारमा मूल्य पाउने गरेको मित्तलले गुनासो गरे । भारतसँग समन्वय गर्ने निकायको अभावमा भारतीय व्यापारीले तोकेअनुसार वर्षौंदेखि एउटै मूल्यमा नेपाली चिया विक्री गर्न बाध्य भएको उनको भनाइ छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले निर्यात हुने नेपाली चियाले भारतको कोलकातास्थित सेन्टर फुड प्रयोगशालामा गुणस्तर परीक्षण गराएर मात्र निर्यातको अनुमति पाउँदै आएको बताए । नेपालको कुल चिया उत्पादनको ९९ प्रतिशत प्रदेश नं १ मै उत्पादन हुने हुँदा चिया परीक्षणको प्रयोगशाला स्थापना गर्ने तयारी भइरहेको उनको भनाइ छ । मुलुकमै गुणस्तर परीक्षण गर्ने प्रयोगशाला सञ्चालनमा आए चिया उत्पादन पनि बढ्ने र विदेशी बजारमा नेपाली चियाले उचित मूल्यसमेत पाउने उनले बताए । नेपालमा २७ हजार ५०० हेक्टर क्षेत्रफलमा चियाखेती हुने गरेको छ । त्यसमध्ये १० हजार ५०० हेक्टर चियाखेती झापामै हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बताएको छ । हाल वार्षिक २ करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको छ । कुल उत्पादित चियाको ५० प्रतिशत आन्तरिक खपत हुने गरेको र बाँकी सबै भारत तथा तेस्रो मुलुकमा निर्यात हुँदै आएको छ । बोर्डका अनुसार चिया निर्यातबाट वर्षेनि ३ अर्ब ८० करोड रुपैयाँ आर्जन हुने गरेको छ । चिया क्षेत्रमा ७० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । रासस

चियामा सम्भावना

बढ्दो उच्च आयातबाट अत्तालिएर सरकारले विभिन्न वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । तर, निर्यातको सम्भावना उच्च भएका वस्तुको उचित प्रवद्र्धनका लागि भने काम गर्न सकेको छैन । यसको एउटा उदाहरण चिया हो । अन्य वस्तुको निर्यात घटेको तथ्यांकले देखाए पनि चियाको निर्यात भने कोरोनाकालमा समेत बढेको देखिन्छ । यूरोपमा निर्यात गर्न सकिने गुणस्तरीय चिया उत्पादन भएर पनि बजारीकरण गर्न नसक्दा अधिकांश निकासी भारततर्फ भइरहेको छ जसबाट नेपालले अपेक्षित लाभ लिन सकिरहेको छैन । चियामा देखिएको सम्भावनालाई उपयोग गर्न किसान, व्यवसायी तथा सरकारी संयन्त्रले अलिकति मात्र मेहनत गर्ने हो भने विदेशी मुद्राको आम्दानी वृद्धि हुनुका साथै रोजगारीका अवसर पनि थपिन सक्छन् । नेपालमा चियाखेतीको विकासका लागि सरकारी स्तरबाट प्रयास भएको निकै भइसकेको छ । २०२३ सालमा नेपाल चिया विकास निगमको स्थापना भई चियाखेतीको विस्तार गर्न थालेको देखिन्छ । २०३९ सालमा पूर्वका पाँच जिल्लालाई चियाक्षेत्र घोषणा गरियो । २०५० मा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भयो । सरकारका तर्फबाट यी प्रयास भए पनि नेपालको भौगोलिक अवस्थिति र यहाँको हावापानीका कारण चियामा जति सम्भावना छ त्यति यो विस्तार हुन सकेको छैन । चियाको खेती र उत्पादन नबढेको होइन, निर्यात पनि नबढेको होइन तर नेपाली चियाको गुणस्तर अनुसार यसले जति मूल्य र बजार पाउनुपर्ने हो त्यो पाउन सकेको छैन । यसमा नेपालको आफ्नै केही कमजोरी कारण रहेका छन् । तीन वर्षको चिया निकासीको तथ्यांक केलाउँदा यसको निर्यात वृद्धिदर बढ्दो छ । २०७६/७७ मा २ अर्ब ७८ करोड निर्यात भएको चिया चालू आवको ९ महीनामा नै २ अर्ब ३६ करोड बराबरको निकासी भइसकेको छ । तर, निर्यातको ठूलो अंश भारततर्फ भएको छ । यूरोप निकासी हुँदा प्रतिकेजी १२/१३ सय रुपैयाँ मूल्य पाउन सक्ने चियाले भारतमा भने ३ सयको हाराहारीमा मात्रै मूल्य पाएको छ । त्यसैले यसलाई तेस्रो मुलुकमा निर्यात गर्न सरकारले विशेष प्रवद्र्धनात्मक नीति लिनुपर्ने देखिन्छ । नेपाली चिया उत्पादनमा गुणस्तर भए पनि यसमा विषादी प्रयोग गरिएको आरोप लागेको छ । त्यही भएर यूरोपमा राम्रोसँग निर्यात हुन नसकेको बताइन्छ । त्यसो त नेपाली चियालाई विश्वमा आफ्नै ब्रान्डमा चिनाउने प्रयास नभएको होइन । ‘नेपाल टी : क्वालिटी फ्रम द हिमालयाज’ ब्रान्डमा विक्री हुन थालेको छ । विश्वमा नेपाली चियालाई चिनाउन यो ब्रान्ड बनाइए पनि यसलाई स्थापित गराउन सकिएको छैन । यसलाई स्थापित गराउन नेपाली ब्रान्डलाई यूरोप र अमेरिकाले मान्यता दिनुपर्छ । यो मान्यता दिलाउन बोर्डले प्रयास गरे पनि सफल हुन सकेको छैन । बोर्डले पर्याप्त बजेटका अभावमा यो काम गर्न नसकेको देखिन्छ । नेपालले ब्रान्ड मान्यताका लागि दिएको निवेदन यूरोपेली संघले फिर्ता पठाएको छ जबकि नेपाली चियाको सम्भावित सबैभन्दा ठूलो बजार त्यही हो । अमेरिकामा पनि नेपाली ब्रान्डले मान्यता पाएको छैन । भारतले यसलाई मान्यता दिने बताएको छ तर भारतले दिने मान्यताले नेपाली चियालाई खासै फरक पर्ने देखिन्न । नेपाली चिया गुणस्तरीय भएकोमा विवाद छैन । भारतीय व्यवसायीले नेपाली चिया लगेर दार्जलिङ टीको ब्रान्डमा यूरोप पठाउने गरेका छन् भनिन्छ । नेपालको आफ्नै ब्रान्ड भए पनि त्यसले पहिचान बनाउन सकेको छैन । बोर्डले यूरोपको बजारमा यो ब्रान्डको प्रचारका लागि काम गर्न सकेको छैन । सामूहिक ब्रान्ड बनाए पनि ती देशमा दर्ता हुन नसकेकाले यसले काम गर्न नसकेको हो । त्यसैले ब्रान्डलाई स्थापित गराउन नेपालले ठूलै मेहनत गर्नुुपर्ने देखिन्छ । चिया टिप्ने र त्यसलाई प्रशोधन गर्ने तरिकाले पनि यसको मूल्यमा प्रभाव पार्छ । त्यसैले यसलाई आधुनिकीकरण गरिनुपर्छ । नेपाली अर्थोडक्स चियाले बढी मूल्य पाएकाले यस्तो चिया उत्पादनलाई बढी प्रोत्साहन दिनु आवश्यक छ । चियामा देखिएको सम्भावनालाई उपयोग गर्न किसान, व्यवसायी तथा सरकारी संयन्त्रले अलिकति मात्र मेहनत गर्ने हो भने विदेशी मुद्राको आम्दानी वृद्धि हुनाको साथै रोजगारीका अवसर पनि थपिन सक्छन् ।

चिया दिवस : करीब ८ करोडको आयात हुँदा साढे २ अर्बको मात्रै निर्यात

बैशाख १६, काठमाडौं । चालू आर्थिक वर्ष (आव) को पहिलो ९ महीनामा करीब ८ करोडको चिया मुलुकभित्र आयात हुँदा झन्डै साढे २ अर्ब रुपैयाँको निर्यात भएको छ । अन्य उपभोग्य वस्तुको आयात ठूलो मात्रामा गर्नुपर्ने बाध्यतामा रहेको नेपालले चिया निर्यातमा भने राम्रै प्रगति गरेको देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आवको ९ महीनामा नेपालमा ७ करोड ९३ लाख रुपैयाँ बराबरको १ सय ८३ मेट्रिक टन चिया आयात भएको छ । उक्त अवधिमा २ अर्ब ३६ करोड ८७ लाख रुपैयाँ बराबरको ९ हजार १७ मेट्रिक टन चिया विदेश निर्यात भएको छ ।  नेपालको चिया उत्कृष्ट मानिने भएकाले भारत, चीन, श्रीलंका, अमेरिका, अस्ट्रेलिया र यूरोपका विभिन्न मुलुकमा यसको माग उच्च छ । त्यसैले अन्य वस्तुको तुलनामा चिया निर्यातको ग्राफ उच्च रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले बताए । अघिल्ला वर्षमा पनि आयातभन्दा निर्यात राम्रो देखिन्छ । आव २०७६/७७ मा ७ करोड ७३ लाख रुपैयाँ बराबरको २ सय १८ मेट्रिक टन चिया आयात गरेको नेपालले २ अर्ब ७८ करोड २८ लाख रुपैयाँ बराबरको ११ हजार १ सय ८५ टन निर्यात गरेको छ । आव २०७७/७८ मा १५ करोड १३ लाख १२ हजार रुपैयाँ बराबरको ३ सय ४६ मेट्रिक टन आयात र ३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ बराबरको ११ हजार ९२० मेट्रिक टन निर्यात गरेको तथ्यांक छ । अझ बढी गुणस्तरीय चिया उत्पादन गरी निर्यात बढाउँदै लगे बढ्दो व्यापारघाटा कम गर्न यसले उल्लेख्य योगदान दिन सक्ने बोर्डका कार्यकारी निर्देशक भट्टराई बताउँछन् । बोर्डको तथ्यांकअनुसार आव २०७७/७८ मा नेपालमा १६ हजार ९ सय १७ हेक्टर जमीनमा चियाखेती गरिएको थियो । त्यसबाट २३ हजार ७४५ मेट्रिक टन उत्पादन भएको छ । चालू वर्षको तथ्यांक हालसम्म तयार नभए पनि उत्पादन करीब १० प्रतिशतले बढ्ने अनुमान बोर्डको छ । नेपालको चियाखेतीमा १६ हजारभन्दा बढी किसान र ६० हजारभन्दा बढी श्रमिक आबद्ध छन् । नेपाली चियाको विश्वबजारमा अत्यधिक माग भएसँगै महँगो मूल्यमा विक्री भइरहेको छ । तर, ९० प्रतिशतभन्दा बढी निकासी भारतमा हुन्छ । भारत निर्यातमा बेलाबेलामा उत्पन्न हुने बाधा तथा झन्झटिलो प्रक्रियाका कारण न्यून मूल्यमा विक्री गर्नुपर्ने बाध्यता हुने चिया उत्पादक बताउँछन् । यसले गर्दा नेपाली चिया क्षमताअनुसार नाफामूलक बन्न नसकेको बताइन्छ । उत्पादन तथा प्रशोधन प्रविधिबारे अनुसन्धानात्मक कार्य हुन नसक्दा नेपाली चियाको जात तथा प्रविधि विकास हुन नसकेको नेपाल इन्क्रिज सस्टेनेबल टी एक्सपर्टस् प्रोजेक्टका प्रोजेक्ट कोअर्डिनेटर विनय शर्माले बताए । अहिले पनि नेपालको चिया क्षेत्रमा आवश्यक बिजुली तथा सिँचाइको अभाव, भन्सार नाकामा निर्यात प्रवर्द्धनका लागि आवश्यक मात्रामा नतीजा दिन सक्ने अन्तरराष्ट्रिय मापदण्डअनुसारको प्रयोगशाला नहुनाले नेपाली चिया बजारमा पुग्नबाट वञ्चित छ ।

खोप अभावमा छट्पटाइरहेको मेरो मातृभूमि

हरेक बिहान म आमासँगै ब्रेकफास्ट टेबलमा बस्छु । उहाँ पाँच वर्ष अघि न्युयोर्क आउनुभएको हो र आमासँगै हुँदा मलाई न्युयोर्क अझै बढी आफ्नै घरजस्तो लाग्छ । हाम्रो बिहानी नास्तामा आमाकै जोडबलमा दूध हालेको परम्परागत नेपाली चिया पनि समावेश हुन्छ जुन ल्वाङ, सुकुमेल तथा दालचिनी समेत हालेर पकाइएको हुन्छ । हातले बनाइएका तामाका कपमा चियाको सुर्को […]