चीनपछि सबैभन्दा बढी चिया उत्पादन गर्ने देश भारत भए पनि नेपाली उत्पादनको बजार भने भारतमै निर्भर छ । पश्चिम बंगालसहित भारतका केही राज्यहरुमा नेपाली चिया खपत हुँदै आएको छ । युरोपलगायतका देशहरुमा नेपाली अर्थोडक्स चिया निर्यात गर्दै आएका उद्यमी उदय चापागाईंका अनुसार नेपालले वार्षिक करिब २ करोड ३० लाख किलो चिया उत्पादन गर्छ ।