हुम्ला - विद्युत् सेवा अवरुद्ध हुँदा हुम्ला जिल्ला अस्पतालमा रातको समयमा शल्यक्रिया तथा प्रसूति गराउन टर्च लाइट बाल्नुपर्ने बाध्यता छ । भिडियो एक्सरे गर्न विद्युत् कहिले आउँछ भनेर कुर्नुपर्ने बाध्यता रहेकाे सेवाग्राही बताउँछन् ।
१५ शय्याकाे यस जिल्ला अस्पतालमा विद्युत् नहुँदा उपचारमा समस्या भोग्दै आउनु परेको छ । ग्रामीण बस्तीमा रहेका स्वास्थ्य संस्थामा भन्दा राम्रो उपचार जिल्ला अस्पताल पाउने आशामा पुगेका बिरामीले झन् बढी सास्ती खेप्नु परेको छ ।
नेपाल विद्युत् प्राधिकरणको हेल्दुम साना जलविद्युत् आयो...