२ देशका राजदूतले शपथ लिए

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त दुई राजदूतले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।  राष्ट्रपति कार्यालय शीतल निवासमा आज आइतवार आयोजित समारोहमा गणतन्त्र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नवनियुक्त राजदूत प्रा. डा. ज्योति प्याकुरेल (भण्डारी) ले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

सम्बन्धित सामग्री

लुम्बिनीका प्रदेश सभा सदस्यले शपथ लिए

रुपन्देही – लुम्बिनी प्रदेश सभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज आइतवार लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा आयोजित समारोहमा नवनिर्वाचित सदस्यले शपथ लिएका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले नवनिर्वाचित सदस्यलाई शपथ गराउनुभएको हो ।  प्रतिनिधि सभा तथा अन्य प्रदेशमा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ गराइ ज्येष्ठ सदस्यले प्रदेश सभा सदस्यलाई शपथ गराउने चलन रहे पनि लुम्बिनीमा भने प्रदेश प्रमुखले नै शपथ गराउने गरिएको छ ।   लुम्बिनी प्रदेश सभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य डिल्लीराज भुसालले गर्नु हुने...

जसले भगवदगीता छोएर सांसदको शपथ लिए

‘नागरिकले विश्वास गर्नुभयो । शपथ लिँदा गीतालाई साक्षी राखेर कसम खाएको छु,’ कांग्रेस सांसद नन्दप्रसाद न्यौपाने शपथ लिएपछि भने, ‘जुन कसम मैले नागरिकबीच खाएको थिएँ त्यसलाई मैले विश्वास गर्ने आस्थालाई साथमा लिएर शपथ खाएको छु ।’

बाग्मती प्रदेशका सांसदले शपथ लिए

मकवानपुर – बाग्मती प्रदेश सभा सदस्यले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । प्रदेश सभा सचिवालयमा आज बिहीवार दिउँसो एक कार्यक्रममा सांसदहरूले शपथ लिएका हुन् ।  बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री, मन्त्री, पूर्वसभामुखसहितको उपस्थितिमा शपथ ग्रहण कार्यक्रम गरिएको हो । आज प्रदेश सभाका एक सय नाै जना सदस्यलाई प्रदेश सभाका जेष्ठ सदस्य ७२ वर्षीय रामप्रसाद ढुंगानाले शपथ ग्रहण गराउनुभएको हो ।  हिजो बुधवार ढुंगानाले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष शपथ ग्रहण गरेपछि आज अरू सदस्यले शपथ लिएका हुन् । अब...

गण्डकीका सांसदले शपथ लिए

पोखरा- गण्डकी प्रदेशसभामा सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार गण्डकीका ५९ सांसदले शपथ ग्रहण गरेका हुन्। नदीपुरस्थित रहेको प्रदेशसभा भवनमा ज्येष्ठ सदस्य मित्रलाल बस्यालले नवनिर्वाचित प्रदेशसभा सांसदलाई शपथ खुवाए। बुधबार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले ६५ वर्षीया बस्याललाई शपथ खुवाएका थिए। ५६ सांसदले नेपाली भाषा र ३ जनाले मातृभाषामा शपथ लिएका छन्। समानुपातिमा कास्कीबाट निर्वाचित […]

कर्णाली प्रदेशका सांसदले शपथ लिए

काठमाण्डाै – कर्णाली प्रदेशका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  आज साेमवार दिउँसाे सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहसमक्ष प्रदेशका नवनिर्वाचित सांसदहरूले शपथ लिएका हुन् । यसअघि ज्येष्ठ सदस्य शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराउनुभएकाे थियाे ।  कर्णालीमा प्रत्यक्षमा २४ र समानुपातिकतर्फ १६ गरी ४० जना सांसद छन् । जसमा नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा एमालेका १०, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक/एक तथा एक जन...

प्रदेश १ का सांसदले शपथ लिए

काठमाण्डाै – प्रदेश नं १ का सांसदले आज साेमवार पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । प्रदेश सांसदले दिउँसो साढे १ बजे शपथ लिएका प्रदेश सभा सचिवालयले जनाएको छ । शपथ लिनुअघि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभा सदस्य मध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईंलाई दिउँसो साढे १२ बजे प्रदेश सभाध्यक्षका रूपमा शपथ गराउनुभएकाे थियाे । त्यसपछि सभाध्यक्षले अन्य ९२ जना सांसदलाई शपथ गराउनुभयाे ।  प्रदेश सभामा पाँच जना सांसदले मातृभाषामा शपथ लिनुभएकाे छ । इन्द्रबहादुर आङ्बो, खिनु लङवा लिम्बू, कमलप्रसाद जवेगु, खग...

संस्कृत भाषामा शपथ लिने पहिलो माननीय

७ पुस, काठमाडौं । सांसद किरणकुमार साहले संस्कृत भाषामा शपथ लिए । संघीय संसद सचिवालयका अनुसार यस अगाडि संस्कृत भाषामा शपथ लिएको रेकर्ड छैन् । संसद सचिवालयका पूर्वमहासचिव किरणकुमार गुरुङ नेपालको संसदीय इतिहासमा संस्कृत भाषामा माननीयले शपथ लिएको पहिलो पटक भएको बताउँछन् । ‘पहिले नेपाली भाषामै शपथ हुन्थ्यो । ०६४ पछि अन्य भाषामा शपथ लिने […]

प्युठानका जनप्रतिनिधिले लिए शपथ

प्युठान । प्युठानका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ लिएका छन् । शपथ लिए लगत्तै सबै जनप्रतिनिधिहरूले सम्बन्धित पालिका र वडामा गएर पदभार ग्रहण समेत गरेका छन् । दुई नगरपालिका र सात वटा गाउँपालिकाका प्रमुखरअध्यक्षहरुले मुख्य निर्वाचन अधिकृत, जिल्ला न्यायधीश श्यामलाल घिमिरेबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । त्यस्तै, उपप्रमुख उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र […]

एमालेका मनोनित केन्द्रीय सदस्यले शपथ लिए

काठमाडौं, २९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मनोनित केन्द्रीय सदस्यहरुले बुधबार शपथ लिएका छन् । आज ललितपुरको च्यासलस्थित् तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्यहरुलाई अध्यक्ष केपी शर्मा ओलीले शपथग्रहण गराएका हुन् । ४४ जनालाई केन्द्रीय समितिमा एमालेले मनोनयन गरेको छ । मनोनित हुने केन्द्रीय सदस्यहरुमा लालबाबु पण्डित, युवराज बास्कोटा, दल फडेरा, मानवीर […]

प्रदेश २ का दुई मन्त्रीले शपथ लिए

प्रदेश २ का नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले पद तथा गोपनियताको शपथ लिएका छन् ।आइतबार जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक विशेष समारोहका बीच प्रदेश प्रमुख हरिशंकर मिश्रले नेकपा (एकीकृत समाजवादी) पार्टीबाट मन्त्री बनेका मन्त्रीद्धय महतो र यादवलाई शपथ खुवाएका हुन् ।शपथ ग्रहणपछि सञ्चारकर्मीसँग […]