कर्णाली प्रदेशका सांसदले शपथ लिए

काठमाण्डाै – कर्णाली प्रदेशका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  आज साेमवार दिउँसाे सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहसमक्ष प्रदेशका नवनिर्वाचित सांसदहरूले शपथ लिएका हुन् । यसअघि ज्येष्ठ सदस्य शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराउनुभएकाे थियाे ।  कर्णालीमा प्रत्यक्षमा २४ र समानुपातिकतर्फ १६ गरी ४० जना सांसद छन् । जसमा नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा एमालेका १०, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक/एक तथा एक जन...

सम्बन्धित सामग्री

कर्णाली प्रदेश : सरकार विस्तारमा अलमत, कांग्रेसले नै तय गरेन मन्त्रीको नाम

सुर्खेत : कर्णालीमा जीवनबहादुर शाहीले १६ कात्तिकमा मुख्यमन्त्रीको शपथ लिए। तर, अहिलेसम्म उनले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन्।प्रदेश सरकार मन्त्रिपरिषद् विस्तारमै अड्किएपछि शाहीको नेतृत्वमाथि प्रश्न उत्पन्न भएका छन्।मन्त्रिमण्डल विस्तार नहुँदा प्रदेश सरकारका दैनिक प्रशासनिक कामकाजसमेत प्रभावित भएका छन्।कर्णालीमा ७ मन्त्रालय मन्त्री पाएका छैनन्। मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइले नियमित कामसमेत प्रभावित बन्दै गएको छ।अहिलेसम्म मन्त्रिपरिषद्‌ विस्तार नहुनुमा कत