प्रदेश २ का दुई मन्त्रीले शपथ लिए

प्रदेश २ का नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले पद तथा गोपनियताको शपथ लिएका छन् ।आइतबार जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक विशेष समारोहका बीच प्रदेश प्रमुख हरिशंकर मिश्रले नेकपा (एकीकृत समाजवादी) पार्टीबाट मन्त्री बनेका मन्त्रीद्धय महतो र यादवलाई शपथ खुवाएका हुन् ।शपथ ग्रहणपछि सञ्चारकर्मीसँग […]

सम्बन्धित सामग्री

को हुन् कर्णालीका प्रदेश प्रमुख तिलक परियार?

सुर्खेत : कर्णाली प्रदेशको प्रदेश प्रमुखमा तिलक परियारले पद तथा गोपनियताको सपथ लिएका छन्। उनी नेकपा (माओवादी केन्द्र)को कोटाबाट प्रदेश प्रमुख भएका हुन्।मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई पदमुक्त गरी परियारलाई नियुक्त गर्ने निर्णय गरेको थियो। उनले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिए।परियार यसअघि नै प्रदेश प्रमुख भइसकेका हुन्। प्रदेश २ का प्रदेश प्रमुख रहेका बेला परियारलाई तत्कालीन प्रधानमन्त्री केपी श

संविधानले दिएको अधिकार उपयोग गर्न नसकेको प्रदेश सरकार

केन्द्रमा भएको सरकार परिवर्तनको असर प्रदेश–२ मा पनि पर्‍यो । फलस्वरूप एउटा मन्त्री र एक राज्यमन्त्रीसहित नेकपा माओवादी (केन्द्र) पनि सरकारमा सहभागी भयो । माओवादी केन्द्रको तर्फबाट आन्तरिक मामिला तथा सञ्चार मन्त्रीको रूपमा भरत साह र सोही मन्त्रालयका राज्यमन्त्रीका रूपमा रूवी कर्णले शपथ लिए । यसअघि मन्त्रीद्वयले मातृभाषा मैथिलीमा शपथ लिने अडान लिएका थिए । […]

काँग्रेसका शपथ लिए, माओवादीका लागि गृहकार्य पुगेन

नेपाली काँग्रेस प्रदेश नं २ को सरकारमा सहभागी भएको छ । प्रदेश नं २ को प्रदेश प्रमुख राजेश झाले काँग्रेसबाट सहभागी तीन जना प्रदेश सभा सदस्यलाई मन्त्री पदको शपथ गराउनुभएको छ । प्रदेश नं २ का प्रदेश प्रमुखको कार्यालयमा बुधबार राती नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता रामसरोय यादबको नेतृत्वमा ओमप्रकाश शर्मा र बिरेन्द्र प्रसाद सिंहले मन्त्री पदको शपथ ग्रहण गर्नुभएको हो । प्रदेश २ को मन्त्रीपरिषद्का प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानकुमार यादबले मन्त्री पदमा नियुक्त राम सरोज यादबलाई भौतिक पूर्बाधार बिकास मन्त्रालय, ओम शर्मालाई खानेपानी तथा उर्जा बिकास मन्त्रालय र बिरेन्द्रप्रसाद सिंहलाई महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रीको जिम्मेवारी दिइएको छ । १०७ सदस्यीय प्रदेशसभामा काँग्रेसका १९ जना सदस्य छन् ।