खाँदबारी : जिल्ला अस्पताल संखुवासभामा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ।प्रदेश १ सामाजिक विकास मन्त्रालयको ६८ लाख ५० हजार सहयोगमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको जिल्ला अस्पताल संखुवासभाका प्रशासन शाखाका प्रमुख दीपेश श्रेष्ठले जानकारी दिए। अक्सिजन प्लान्ट जडान भएपछि अक्सिजन भर्न जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता हटेको छ। गत वैशाखमा प्रदेश १ सामाजिक विकास मन्त्रालयले अक्सिजन प्लान्ट जडानका लागि प्रक्रिया अघि बढाएको थियो।अक्सिजन प्लान्ट जडान भएपछि सिलिन्डर लिएर विराटनगर जानुपर्ने बाध्यता हटेको अस