अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय मातहतका निकायका प्रमुखहरुलाई आ-आफ्ना कार्यालयको क्षमता वृद्धि गरेर बजेटको लक्ष्य पूरा गर्न निर्देशन दिएका छन्। बिहीबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७८/७९ को प्रगति समीक्षा एवम मन्त्रालय स्तरिय बिकास समस्या समाधान समितिको बैठकमा सम्बोधन गर्दै शर्माले वार्षिक लक्ष्य पुगेका निकायले अझै आजको आवश्यकता अनुसार आफूलाई थप क्षमतावान बनाउनु पर्ने र लक्ष्य नपुगेका कार्यालयले आफ्ना लक्ष्य पुर्याउन योग्य बनाउनु पर्ने बताए ।अहिलेको काम गर्ने मुख्य औजार