काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवमा ६५ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. ४९ करोड ३९ लाख नाफा कमाएकोमा चालू आवमा रू. १६ करोड ८५ लाखमा झरेको छ ।
चालू आवमा कम्पनीको सञ्चालन नाफा घटेको छ । गत आवको तुलनामा चालू आवमा कम्पनीको सञ्चालन नाफा ६५ प्रतिशत घटेको छ । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ ।
गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ४५ दशमलव शून्य १ रहेकोमा चालू आवमा रू. १५ दशमलव ३६ (वार्षिक) मा झरेको छ । कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १९ करोड रहेको छ । त्यस्तै कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा जगेडामा रू. १ अर्ब ९८ करोड, रिटेन्ड अर्निङमा रू. ६१ करोड ८७ लाख र शेयर प्रिमियममा रू. ५ लाख १० हजार सञ्चित गरेको छ ।
रू. ५ अर्ब ६९ करोड सापटी र रू. १८ अर्ब ९४ करोड निक्षेप संकलन गरेर कम्पनीले रू. २६ अर्ब ६ करोडभन्दा बढी कर्जा लगानी गरेको छ । त्यस्तै कम्पनीको वितरणयोग्य नाफा रू. १३ करोड १४ लाख रहेको छ । दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको मूल्य आम्दानी अनुपात ६६ दशमलव २८ गुणा, तरलता अनुपात १४ दशमलव ७८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २१८ दशमलव ८३ रहेको छ ।
वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्