पुस २३, काठमाडौं । आइतवार दुई कम्पनीको साधारण सभा हुँदैछ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र माउन्टेन इनर्जी नेपाल लिमिटेडले साधारण सभा आह्वान गरेका हुन् ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले २३औं वार्षिक साधारण सभा आइतवार कम्पनीको केन्द्रिय कार्यालय नक्सालमा दिउँसो १ बजे शुरु गर्ने जानकारी दिएको छ ।
सभाले २९ दशमलव ५ प्रतिशत बोनस शेयर र १ दशमलव ५५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १३ गतेदेखि २५ गतेसम्म बन्द रहने जानकारी दिएको छ ।
यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । त्यसैगरी, माउन्टेन इनर्जी नेपालले आठौं वार्षिक साधारण सभा अम्रपाली ब्याक्वेटमा बिहान १० बजे शुरु गर्ने जानकारी दिएको हो ।
सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।