काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले इन्फिनिटी लघुवित्त वित्तीय संस्था र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको छ ।
यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २ गते बुक क्लोज गरेकाले आइतवार अन्तिम कारोबार मूल्यका आधारमा नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।
फागुन १ गते सार्वजनिक बिदाका कारण आइतवार अर्थात् माघ २९ गतेसम्म कायम शेयरधनी यी दुई कम्पनीको लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य छन् ।
इन्फिनिटी लघुवित्तकोे २० प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. ८३१ दशमलव ६७ तोकिएको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ९९८ को आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।
त्यस्तै निर्धन उत्थान लघुवित्तको १९ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. ८३४ दशमलव ४५ तोकिएको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ९९३ को आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।