निष्क्रिय कर्जा बढेसँगै निर्धन उत्थान लघुवित्त नोक्सानीमा, अन्य सूचक कस्ता ?

कठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी नोक्सानीमा छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले रू. ३ करोड २५ लाख नाफा कमाएकोमा चालू आवको पहिलो त्रैमासमा रू. १४ करोड ३० लाख ऋणात्मक रहेको हो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेकाले र सञ्चालन नाफा ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा ७ दशमलव १४ प्रतिशत रहेकोमा चालू आवमा बढेर १२ दशमलव ५३ प्रतिशत पुगेको छ । त्यस्तै गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. २६ करोड ९२ लाख रहेकोमा चालू आवमा बढेर रू. ३८ करोड ८० लाख पुगेको छ । इम्पेयरमेन्ट चार्ज बढेको कारण कम्पनीको सञ्चालन नाफा रू. १४ करोड ३३ लाख ऋणात्मक भएको हो ।  चालू आवमा कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी ५ रुपैयाँ ४७ पैसा ऋणात्मक रहेको छ । सो अवधिमा कम्पनीको तरलता अनुपात १५ दशमलव ४९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६६ दशमलव ६७ रहेको छ ।  चुक्ता पूँजी रू. २ अर्ब ६१ करोड रहेको कम्पनीले जगेडामा रू. १ अर्ब ८३ करोड र शेयर प्रिमियममा रू. ५ लाख १० हजार सञ्चिति गरेको छ । रिटेन्ड अर्निङ भने रू. ९ करोड ३३ लाख ऋणात्मक छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित सामग्री

निर्धन उत्थान लघुवित्तको २५ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ औं वार्षिक साधारण सभा शुक्रवार (आज) सम्पन्न भएको छ । काठमाडौंको नक्सालस्थित निर्धन भवनमा कम्पनीको साधारण सभा सम्पन्न भएको हो ।  साधारण सभामा कम्पनीका सञ्चालक समिति अध्यक्ष हरि कृष्ण पन्तले आर्थिक वर्ष (आव) २०७९/८० को वार्षिक प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनमा शेयरधनीहरू डम्बरु वल्लभ घिमिरे, निरुपमा गुप्ता, गोविन्द के.सी, सुदीप श्रेष्ठ र सत्रुघ्न श्रेष्ठले आफ्नो राय सुझाव पेस गरेका थिए ।  साधारण सभाले सामान्य प्रस्तावतर्फ आव २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नाफा नोक्सान बाँडफाँट हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरू लगायतका प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।  सभाले लघुवित्तको बाह्य लेखापरीक्षणको लागि A.Nepal & Associates Chartered Accountantsलाई नियुक्त गरेको छ ।  स्थापनाकालदेखि राम्रै प्रतिफल दिँदै आएको यस लघुवित्तले यो वर्ष भने लगानीकर्ताको हात खाली बनाएको छ । लघुवित्तले गत वर्ष आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश दिएको थियो । यस्तै, आव २०७७/७८ मा भने शेयरधनीलाई ३० प्रतिशत लाभांश दिएको थियो ।  शेयरधनी सत्रुघ्न श्रेष्ठले ऋणीहरूमा ऋण तिर्नुपर्दैन भन्ने भ्रम छरिँदा असुलीमा प्रभाव परी निष्क्रिय कर्जा बढेकाले अवस्था चुनौतीपूर्ण रहेको बताए । जसले गर्दा संस्थाको नाफामा ७० प्रतिशतले ह्रास आएको उनको भनाइ छ । लघुवित्तमा चुनौती थपिँदा पनि यसप्रति राज्य मुकदर्शक भएर बसेको उनको आरोप छ । लघुवित्तले यस वर्ष लाभांश दिन नसके पनि आगामी वर्ष कम्तीमा १० प्रतिशत लाभांश दिने अपेक्षा व्यक्त गरे । उनले लघुवित्तले ऋण असुलीमा जोड दिनुपर्ने सुझाव दिए ।   शेयरधनी निरुपमा गुप्ताले अहिलेको क्रिटिकल अवस्थाका कारण निष्क्रिय कर्जा धेरै भएकाले यसलाई घटाउनतर्फ लाग्नुपर्ने सुझाए । अर्का शेयरधनी डम्बरु बल्लभ घिमिरेले लघुवित्तको कर्जा असुलीलाई जोड दिई चालू वर्षमा राम्रो प्रतिफल दिन सक्ने बनाउनका लागि काम गनुपर्ने सुझाव दिए ।  साधारण सभामा संस्थाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मुकेश दहालले शेयरधनीले उठाएका जिज्ञासाको जवाफ दिएका थिए । साथै उनले आगामी वर्षमा शेयरधनीको सुझाव र अपेक्षाअनुसार कार्यसञ्चालन व्यवस्थापन गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । साधारण सभाको सञ्चालन संस्थाका कम्पनी सचिव जग्य प्रसाद पन्तले गरेका थिए ।  उक्त लघुवित्त संस्थाको देशको ७७ वटै जिल्लामा १८५ वटा शाखा छन् । २०८० पौष मसान्तसम्ममा लघुवित्तको ग्राहक सदस्य संख्या ४ लाख १ हजार १०९ छ भने ऋणी संख्या १ लाख ९९ हजार १४३ छ । लघुवित्तको लगानीमा रहेको कर्जा रु. २५ अर्ब ६२ करोड ७० लाख छ ।

निर्धन उत्थान लघुवित्तको नाफा यस कारण घट्यो

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९४ दशमलव ५२ प्रतिशत घटेको छ । गत आवमा रू. ८० करोड २६ लाख नाफा कमाएको कम्पनीले चालू आवमा रू. ४ करोड ४० लाखमात्र नाफा कमाएको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा घटेको र निष्क्रिय कर्जा बढेकाले नाफा घटेको हो ।  गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी १० प्रतिशत र सञ्चालन नाफा ९४ दशमलव ३७ प्रतिशत घटेको हो । त्यस्तै कम्पनीको निष्क्रिय कर्जा गत आवमा ३ दशमलव ३३ प्रतिशत रहेकोमा चालू आवमा १२ दशमलव शून्य ९ प्रतिशत पुगेको छ ।  चुक्तापूूँजी रू. २ अर्ब ६१ करोड रहेको कम्पनीको जगेडामा रू. १ अर्ब ८३ करोड, रिटेन्ड अर्निङमा रू. ९ करोड २३ लाख र शेयर प्रिमियममा रू. ५ लाख १० हजार सञ्चित छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ४८ दशमलव ७६ रहेकोमा चालू आवमा रू. २ दशमलव २५ मा झरेको छ । त्यस्तै चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी अनुपात २७७ दशमलव ७८ गुणा, तरलता अनुपात १२ दशमलव ८७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १७३ दशमलव ७६ रहेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्