काभ्रेपलाञ्चोक उपत्यका एकीकृत खानेपानी आयोजनाको काम ९७ प्रतिशत सकिएको छ । खानेपानीको समस्याबाट गुज्रिएका काभ्रेपलाञ्चोकका धुलिखेल, बनेपा र पनौतीका बासिन्दाले अब केही महिनामै २४ सै घण्टा स्वच्छ खानेपानी पाउने भएका छन् ।
तीन नगरका करिब ९३ हजार बासिन्दालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले दश वर्षअघि नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी)बीच ऋण सम्झौता गरी आयोजनाको प्रक्रिया शुरु गरिएको हो । सन् २०१० अक्टोबर २६ मा सम्झौता गरिएको खानेपानी आयोजना करिब रु एक अर्बमा सम्पन्न हुने जनाइएको छ । आयोजनाको रिजर्भव...