बिहान उठेपछि खाली पेटमा एसिडको मात्रा अत्याधिक हुने गर्छ । यस्तो अवस्थामा बढी एसिडिटीयुक्त खानेकुरा खाँदा शरीरको पाचनशक्तिमा गढबढ आउँनसक्छ ।
थाहा पाउनुस् विहान खाली पेटमा खान नहुने यी चीज
ग्रीन टी वा चिया
धेरैजसो व्यक्ति विहान उठेपछि ग्रीन टी वा चिया पिउने गर्छन् । यसले स्वास्थ्यमा नराम्रो असर पर्छ । चियामा रहेको कैफीन तत्वबाट शरीरमा एसिडको मात्रा बढ्न जान्छ र यसले पाचनशक्तिमा समस्या गर्छ ।
गोलभेँडा
गोलभेँडामा अत्याधिक एसिड हुन्छ । यसले एसिडिटीको खतरा बढाउँछ । त्यसैले विहान उठ्ने वितिकै गोलभेँडको परिकार नखाँ...