काठमाडौं, १ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच मिलनको सम्भावना अझै टरेको छैन । तर, मिलनका लागि नेपालले सुत्रहरुमार्फत् पार्टी अध्यक्ष या प्रधानमन्त्रीमध्ये कुनै एक छाड्नुपर्ने शर्त ओलीसम्म राखेको बुझिएको छ । ओलीले २ जेठ २०७५ को अवस्थाको पार्टी संगठनको संरचनालाई ब्युँताउने सहमति जनाइसकेपनि नेपालले नयाँ शर्त राखेका हुन् […]