काठमाडौं। अफगानिस्तानको कान्दाहार प्रान्तमा बिहीबार राति भएको बम विस्फोटमा परी कम्तीमा चार सर्वसाधारणको मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार मारिएकामध्ये तीनजना एकै परिवारका छन्। अफगानिस्तानमा आतङ्ककारीहरूले सुरक्षाबललाई लक्षित गर्दै घरमै निर्मित बम सडक किनारमा विस्फोटन गराउँदै आएका छन्। अफगानिस्तानमा सन् २०२० मा जारी सशस्त्र द्वन्द्वमा परी २,९५० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको थियो।