परिसंवादकै बारेमा प्रगतिशील लेखक संघको बयालिसौँ परिसंवाद

काठमाडौँ । प्रगतिशील लेखक सङ्घले २०७३ सालदेखि हालसम्म सम्पन्न गरेका ४१ वटा परिसंवादबारे छलफल चलाउँदै ४२औँ परिसंवाद कार्यक्रम सम्पन्न गरेको छ । महासचिव समीर सिंहद्वारा विषयवस्तु प्रस्तुत गर्दै २०७७ चैत्र ६ गते भर्चुअल माध्यमबाट उक्त कार्यक्रम सम्पन्न भएको हो । केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यतामा अघि बढेको उपर्युक्त कार्यक्रममा महासचिव सिंहले २०७३ पुस १ गते प्रगतिशील लेखक सङ्घले सम्पन्न गरेको पछिल्लो ४१ औँ परिसंवादको सङ्क्षिप्त परिचर्चा गर्नुभयो । सो क्रममा उहाँले ४१ वटै परिसंवादको प्रत्येकको बेग्लाबेग्लै सङ्क्षिप्त फेहरिस्त प्रस्तुत गर्नुभयो । पहिलो परिसंवाद चर्चित बङ्गाली साहित्यकार महाश्वेता देवीको साहित्यिक योगदानबाट सुरु भएको बताउँदै महासचिव सिंहले पछिल्ला दिनमा सो कार्यक्रमले व्यापक क्षेत्र समेटेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘साहित्यिक व्यक्तित्वको चर्चाको क्रममा अघि बढ्दै परिसंवादमा विशुद्ध साहित्यकारसम्म मात्र सीमित नरहेर हृदयचन्द्र सिंह प्रधान, युद्धप्रसाद मिश्र, कृष्ण सेन इच्छुक, पुष्पलाल, रूपचन्द्र विष्ट, स्वनाम साथीसम्मको योगदानबारे चर्चा गरियो ।’ ‘त्यसैगरी हालसम्म साहित्यका विभिन्न प्रवृत्तिमा केन्द्रित रहेर कविता, कथा, उपन्यास, लोकसाहित्य, सांस्कृतिक रूपान्तरणजस्ता विषयलाई चर्चाको विषय बनाइयो’ उहाँले भन्नुभयो– ‘त्यस क्रममा विभिन्न विधाका विज्ञहरूलाई कार्यक्रममा आमन्त्रण गरियो ।’ त्यति मात्रै होइन, पछिल्लो समयमा दर्शन, राष्ट्रियता, भौतिकवाद, पठन संस्कृति, साहित्यमा महिला साहित्यकारको स्थान र बालसाहित्यजस्ता विषय प्रस्तुत गरिएको पनि उहाँले बताउनुभयो । महासचिव सिंहले २०७५ सालको एघारौँ राष्ट्रिय सम्मेलनको सन्दर्भमा प्रलेसलाई अगाडि बढाउन मद्दत पुगोस् भनेर घटकीय सांस्कृतिक मोर्चाका प्रतिनिधिलाई समेत परिसंवादमा बोलाइएको स्मरण गर्नुभयो । ‘त्यस्तै समाजवादउन्मुख संविधान बनिसकेका बेला त्यससित सम्बन्धित रहेर दर्शन, शिक्षा, राजनीतिजस्ता विषयमा पनि चर्चा चलाइयो भने तत्कालीन समसामयिक विषयलाई समेत समेट्ने गरियो’ उहाँले भन्नुभयो– ‘त्यस क्रममा एमसिसी, लिपुलेक, महिला हिंसा, चैत्र ३ गतेको साहित्यकारको आन्दोलनजस्ता प्रसङ्ग परिसंवादका विषय बन्न पुगे ।’ कार्यक्रम प्रा.डा. बद्रिविशाल पोखरेल, नारायण मरासिनी र हरिप्रसाद भण्डारीले पूरक मन्तव्य राख्नुभएको थियो । केन्द्रीय उपाध्यक्ष गोपीरमण उपाध्यायको अध्यक्षता तथा सञ्चालनमा सो कार्यक्रम अघि बढेको थियो ।

सम्बन्धित सामग्री

प्रगतिशील लेखक संघ मधेसको अध्यक्षमा घिमिरे सर्वसम्मत

प्रगतिशील लेखक संघ मधेस प्रदेशको अध्यक्षमा नारायण घिमिरे चयन भएका छन् । शनिबार बर्दिवासमा सम्पन्न संघको दोश्रो प्रदेश सम्मेलनबाट घिमिरे सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

जनवादी गायक रामेश श्रेष्ठ हेटौंडामा सम्मानित

४ चैत, हेटौंडा । जनवादी गायक रामेश श्रेष्ठ शनिवार हेटौंडामा युद्धप्रसाद मिश्र स्मृति साहित्य सम्मान–२०७९ बाट सम्मानित भएका छन् । प्रगतिशील लेखक संघ मकवानपुरले श्रेष्ठलाई २० हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । श्रेष्ठले गीत संगीतको माध्यमबाट जनजागरण गर्दै जनतामा चेतना भर्न अहम् भूमिका खेल्नुका साथै साँस्कृतिक आन्दोलनमा योगदान पुर्याएकोले सम्मान गरिएको संघका अध्यक्ष श्रीराम […]

एमसीसीको बहानामा साम्राज्यवादले नेपालमा भूमिका बढाउँदैछ : प्रलेस

प्रगतिशील लेखक संघ (प्रलेस) नेपालले अमेरिकी साम्राज्यवादले एमसीसीको बहानामा नेपालमा भूमिका बढाउँदै गएको आरोप लगाएको छ । संघले केही पैसाका लागि नेपालको राष्ट्रियतालाई नै कमजोर पार्ने, नेपालको कानुनभन्दा एमसीसीको कानुनलाई बलियो बनाउन खोज्ने तथा अमेरिकी साम्राज्यवादको चलखेलका लागि सहज वातावरण बनाइदिने राष्ट्रघाती गतिविधि प्रलेसलाई स्वीकार्य नभएको बताएको हो । प्रलेस नेपालको पौष १६ र १७ गरी दुई दिनसम्म काठमाडौँमा सम्पन्न केन्द्रीय समिति तथा तेस्रो राष्ट्रिय परिषद् बैठकले देशी विदेशी शक्तिहरू गणत

दाङमा चार श्रष्टा पुरस्कृत

३ पुस दाङ । प्रगतिशील लेखक संघ (प्रलेस) दाङले चार जना साहित्यकारलाई पुरस्कृत गरेको छ । प्रलेस दाङले २९ औं स्थापना दिवसको अवसरमा चार जना साहित्यकारलाई पुरस्कृत गरेको हो । प्रगतिशिल लेखक संघले १० हजार राशीको प्रगतिशील साहित्यिक पुरस्कार डिल्ली मल्ललाई प्रदान गरेको छ । त्यसैगरी सोही राशीको चिन्तामणि जमुना साहित्य पुरस्कार साहित्यकार नविन विभाषलाई […]

‘नेकपा विभाजनको असर प्रलेसमा देखापरिसकेको छैन’

वरिष्ठ साहित्यकार डा. अमर गिरी प्रगतिशील लेखक संघ (प्रलेस) का पूर्वअध्यक्ष हुन् । उनी नेपाल प्रज्ञा प्रतिष्ठानको काव्य विभागका पूर्वप्रमुख पनि हुन् । उनी कवि, समालोचक तथा समसामयिक  विषयमा कलम चलाउने विश्लेषकसमेत हुन् ।यतिबेला नेपालको प्रगतिवादी साहित्यिक आन्दोलन कमजोर एवं छिन्न भिन्न बनेको छ । कम्युनिस्ट पार्टीको झण्डै दुई तिहाईको सरकार बन्दाखेरि पनि मार्क्सवादी कला साहित्यको जग भने बलियो हुन सकेन । प्रलेसजस्तो प्रगतिवादी स्रष्टाहरूको छाता संगठनले   विज्ञप्तिहरू जारी गर्नेबाहेक देखिने

साहित्यकार अभिनन्दित

प्रगतिशील लेखक संघ (प्रलेस)ले साहित्यकार आनन्ददेव भट्टलाई अभिनन्दन गरेको छ। शुक्रबार प्रलेसले राजधानीमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले साहित्यकार आनन्ददेव भट्टलाई धातुमा कुँदिएको अत्रि प्रदान गरेका थिए।

साहित्यकारलाई अभिनन्दन गरिने

प्रगतिशील लेखक संघ (प्रलेस)ले साहित्यकार आनन्ददेव भट्टलाई अभिनन्दन गर्ने भएको छ। बुधबार राजधानीमा कार्यक्रमको आयोजना गरेर प्रलेसले साहित्यकार आनन्ददेव भट्टलाई अभिनन्दन गर्ने जानकारी गराएको थियो।

विभाजनको संघारमा प्रगतिशील लेखक संघ

२३ कात्तिक, काठमाडौं । नेपालका कम्युनिष्टहरुको साझा सांस्कृतिक मोर्चाका रुपमा स्थापित प्रगतिशील लेखक संघ (प्रलेस) विभाजनको संघारमा पुगेको छ । प्रलेसभित्र सत्तापक्ष र प्रतिपक्षको वैचारिक धु्रवीकरण तीव्र बनेको छ । साठी वर्ष पुरानो इतिहास बोकेको प्रगतिशील …

तीन साहित्यकार गिरफ्तार

काठमाडौँ, मंसिर २ गते । प्रगतिशील लेखक संघ (प्रलेस) का उपाध्यक्ष खेम थपलियासहित तीन जनालाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ । प्रलेसको...