वरिष्ठ साहित्यकार डा. अमर गिरी प्रगतिशील लेखक संघ (प्रलेस) का पूर्वअध्यक्ष हुन् । उनी नेपाल प्रज्ञा प्रतिष्ठानको काव्य विभागका पूर्वप्रमुख पनि हुन् । उनी कवि, समालोचक तथा समसामयिक विषयमा कलम चलाउने विश्लेषकसमेत हुन् ।यतिबेला नेपालको प्रगतिवादी साहित्यिक आन्दोलन कमजोर एवं छिन्न भिन्न बनेको छ । कम्युनिस्ट पार्टीको झण्डै दुई तिहाईको सरकार बन्दाखेरि पनि मार्क्सवादी कला साहित्यको जग भने बलियो हुन सकेन । प्रलेसजस्तो प्रगतिवादी स्रष्टाहरूको छाता संगठनले विज्ञप्तिहरू जारी गर्नेबाहेक देखिने