राजधानीस्थित पुरानो बानेश्वरमा स्वतन्त्र युवा समाजको नेतृत्वमा मूल्यवृद्धिविरुद्ध राँके जुलुस सम्पन्न भएको छ । मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने दायित्वबाट सरकार पछि हट्दै मूल्य वृद्धिलाई प्रोत्साहन गरेको भन्दै सोमबार साँझ कुन्ति पोखरेल नेतृत्वको स्वतन्त्र युवा समाजले सरकारको विरोध गरेको हो । आन्दोलनको नेतृत्व गरेकी पोखरेलले भनिन्, ‘सरकारले गरेको अस्वभाविक मूल्य वृद्धिको असर जनताले भोग्नुपर्ने हुन्छ । यो कुनै पनि हालतमा हामीलाई स्वीकार्य हुँदैन । मूल्य मूल्यवृद्धि तत्काल फिर्ता नलिए हा