मूल्य वृद्धिविरुद्ध पुरानो वानेश्वरमा मसाल जुलुस

काठमाडौं । राजधानीस्थित पुरानो वानेश्वरमा स्वतन्त्र युवा समाजको नेतृत्वमा मूल्य वृद्धिविरुद्ध राँके जुलुस सम्पन्न भएको छ । मूल्य वृद्धि नियन्त्रण गर्नुपर्ने दायीत्वबाट सरकार पछी हट्दै मूल्य वृद्धिलाई प्रोत्साहन गरेको भन्दै सोमबार साँझ कुन्ती पोखरेल नेतृत्वको स्वतन्त्र युवा समाजले सरकारको विरोध गरेको हो ।  आन्दोलनको नेतृत्व गरेकी पोखरेलले भनिन् ‘सरकारले गरेको अस्वभावीक...

सम्बन्धित सामग्री

इन्धनको मूल्य वृद्धिविरुद्ध काठमाडौंमा मसाल जुलुस प्रदर्शन

७ माघ, काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य वृद्धि र खोप अनियमितताको विरोधमा काठमाडौंमा विद्यार्थीहरुले मसाल जुलुस प्रदर्शन गरेका छन् । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसका अनेरास्ववियूका विद्यार्थीहरुले शुक्रबार देउवा सरकारविरुद्ध मसाल जुलुस प्रदर्शन गरेका हुन् । ‘देउवा, देउवा–एस पापा, कालापानी पुग्यौ ?- नो पापा, २४ लाख खोप खै ?– हाहाहा’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर […]

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध मसाल जुलुस (फोटोफिचर)

नेकपा एमाले निकट अनेरास्ववियूका कार्यकर्ताहरूले  पेट्रेलियम पदार्थको मूल्य वृद्धि विरुद्ध मसाल जुलुस प्रदर्शन गरेका छन् । शुक्रबार साँझ राजधानीको प्रदर्शनी मार्गमा सो संगठनको आरआर इकाई कमिटीको आयोजनमा मूल्य वृद्धि विरुद्ध मसाल जुलुस प्रदर्शन गरिएको हो ।प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडिबाट निकालिएको मसाल जुलुस प्रदर्शनका क्रममा अखिलका कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी समेत परेको थियो ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा अनेरास्वियूको मसाल जुलुस (फोटोफिचर)

पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा विपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन  अनेरास्ववियुले मसाल जुलुस प्रदर्शन गरेको छ।शुक्रबार साँझ राजधानीको त्रिचन्द्र कलेज परिसरमा अनेरास्ववियूका कार्यकर्ताहरूले मसाल जुलुस प्रदर्शन गरेका हुन् । सरकारले बिहीबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो ।