बारामा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा बारामा जनसागर उर्लिएको छ । बाराको विभिन्न स्थानीय तहमा विगत १२ दिनदेखि निरन्तर राँके जुलुस, चक्काजाम र प्रदर्शन हुँदै आएको हो । बाराको निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका लगायतका स्थानमा सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा प्रदर्शन हुँदै आएको छ । बाराका विभिन्न सरोकार समिति र स्वतन्त्र युवा विद्यार्थी सरोकार समितिले बारामा चक्काजाम र धर्ना गरेका छन् ।बाराको निजगढमा बनाउने भनिएको निजग