काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले नटिङघम फरेस्टलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा टोटेनहमले नटिङघम फरेस्टलाई २–० गोल अन्तरले हराएको हो । टोटेनहमलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे ।खेलको पाँचौं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । खेलको ५६ औं मिनेटमा पाएका पेनाल्टीमा केन गोल गर्न चुके […]