इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदरावादले पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा हैदरावादले चेन्नइ सुपर किङ्सलाई ८ विकेटले हराएको हो । मुम्बईमा चेन्नईले दिएको १५५ रनको लक्ष्य पछ्याएको हैदरावादले १७ ओभर ४ बलमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । हैदरावादका लागि अविषेक शर्माले ७५ रनको अर्धशतकीय पारी खेले । ५० बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै केन विलियमसनले ३२ रन बनाउँदा राहुल त्रिपाठीले ३९ रन बनाए । बलिङतर्फ चेन्नईका लागि म