एएफसी एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोली आज कतार जाँदै

काठमाण्डाै – एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टोली आज कतार जाँदैछ । कुवेतमा हुने छनोट अघि तयारीका लागि नेपाली टोली आज बेलुका ६ बजे कतार जान लागेको हो । त्यहाँबाट नेपाली टोली जुन ४ मा कुवेत प्रस्थान गर्नेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै टोलीको घोषणा गरिसकेका छन् । एन्फाले नवयुग श्रेष्ठलाई कप्तान नियुक्त गरेको छ । एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्ड...

सम्बन्धित सामग्री

प्रशिक्षकले नियम उल्लंघन गर्दा एन्फालाई ६ हजार अमेरिकी डलर दण्डित

गत जेठ अन्तिम साता कुवेतमा आयोजना भएको एएफसी एसियन कप छनोट प्रतियोगिताका दौरान प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नियम उल्लंघन गर्दै ‘डे«सिङ रुम’मा प्रवेश गरेका थिए । लगातार दुई खेलमा पहेँलो कार्ड सामना...

खेलमैदानमै बेहोस भएका प्रशिक्षक अलमुताइरीको स्वास्थ्य अवस्था कस्तो छ?

एएफसी एसियन कप छनोट अन्तर्गत गएराति कुवेतसँगको खेलका क्रममा टेक्निकल एरियामा अचेत भएर ढलेका अलमुताइरीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको एन्फाले बताएको छ।

मुख्य प्रशिक्षक अल्मुताइरी ‘डिस्चार्ज’

काठमाडौँ – एएफसी एसियन कप छनोट अन्तर्गत कुवेतविरुद्धको खेलमा मैदानमै बेहोस भएर ढलेका नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अस्पतालबाट डिस्चार्ज भएका छन्। एन्फाका अनुसार अल्मुताइरीको स्वास्थ्य अवस्था सामान्य रहेपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो। एएफसी एसियन कप छनोट अन्तर्गत शनिबार राति कुवेतविरुद्धको खेल दौरान अलमुताइरी मैदानको टेक्निकल एरियामा अचेत हुँदै ढलेका हुन्।

दीपले पेनाल्टी छेके पनि बलियो जोर्डनसँग नेपाल पराजित

एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल बलियो टोली जोर्डनसँग २–० गोल अन्तरले पराजित भएको छ ।

एएफसी एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित

काठमाण्डाै - एएफसी एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतमा रहेको जाबेर अल अहमद रङ्गशालामा भएको खेलमा नेपाल २–० ले पराजित भएको हो । खेलको पहिलो हाफमा गोल रहित बराबरी भएकोमा दोस्रो खेलमा जोर्डनले दुई गोल गर्यो । खेलको ६८ औँ मिनेटमा जोर्डनका लागि अली अल्वानले गोल गरे । यस्तै ८२ औँ मिनेटमा नेपालका सुमन अर्यालले डिबक्समा फल गरेपछि पाएको अवसरमा जोर्डनका हम्जा अल दरदुरले गोल गरे । यो जितसँगै जोर्डनले पहिलो खेलमा ३ अङ्क जोडेको छ । नेपालले हारबाट छनोटको सु...

एसियन कप छनोट : नेपाल आज जोर्डनसँग भिड्दै

कुवेत – जोर्डनविरुद्धको खेलसँगै नेपालले आजबाट कुवेतमा हुने एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणको यात्रा सुरुवात गर्नेछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानीय समयअनुसार सवा १० बजे अर्थात् नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ । नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी तथा कप्तान नवयुग श्रेष्ठले बलियो टोली जोर्डनलाई […]

सिनियर फुटबलरद्वारा विद्रोह

एएफसी एसियन कप छनोट खेलका लागि बन्द प्रशिक्षणमा सहभागी २५ खेलाडीमध्ये ९ जनाले प्रशिक्षकसँगको मनमुटाव कारण क्याम्प छाडेका छन्।...

नवयुग र विकासको पुनरागमन

एएफसी एसियन कप छनोट २०२३ अन्तर्गत तेस्रो चरणको खेलका लागि नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।...

एसियन कप छनोट खेल्ने नेपाली फुटसल टोली घोषणा

एएफसी एसियन कप छनोट फुटसलका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले सोमबार १४ सदस्सीय टोलीको घोषणा गरेका हुन् । किर्गिस्तानमा हुने छनोटका लागि नेपाली टोली बन्द प्रशिक्षणमा छ । छनोट प्रतियोगिता अप्रिल १ देखि १५ सम्म हुनेछ । प्रतियोगिता अन्तर्गत नेपाल रहेको समूह ‘बी’मा उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तान रहेका छन् । यस्तो छ, नेपाली टोली : गोलकिपर : अनिश श्रेष्ठ, विश्वास पौडेलफिक्सो : विजय श्रेष्ठ, सरोज तामाङ, स

एएफसी एसियन कप छनोट : नेपाल समूह ‘ए’ मा

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणमा नेपाल समूह ‘ए’ मा परेको छ। एएफसीले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको हो । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया...