मुख्य प्रशिक्षक अल्मुताइरी ‘डिस्चार्ज’

काठमाडौँ – एएफसी एसियन कप छनोट अन्तर्गत कुवेतविरुद्धको खेलमा मैदानमै बेहोस भएर ढलेका नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अस्पतालबाट डिस्चार्ज भएका छन्। एन्फाका अनुसार अल्मुताइरीको स्वास्थ्य अवस्था सामान्य रहेपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो। एएफसी एसियन कप छनोट अन्तर्गत शनिबार राति कुवेतविरुद्धको खेल दौरान अलमुताइरी मैदानको टेक्निकल एरियामा अचेत हुँदै ढलेका हुन्।