गाईजात्रामा हास्यव्यंग्य : सेलायो प्यारोडी

२०४० को दशक प्यारोडीको युग थियो । गाईजात्रा शुरु हुनुअघि प्यारोडीले हलचल मच्याइसकेको हुन्थ्यो । अडियो क्यासेटको त्यो जमानामा प्यारोडीका एल्बमहरु तात्तातै हातैहात बिक्री हुन्थे । शहरका चोक-गल्लीदेखि गाउँगाउँसम्म, सार्वजनिक यातायातदेखि हाटबजारसम्म प्यारोडी घन्किन्थ्यो । प्यारोडी सुन्नकै लागि मान्छेहरु ठाउँ-ठाउँमा झुम्मिन्थे । समसामयिक राजनीति र नेता-मन्त्रीको उछितो काडिएका गीति ठट्यौली सुन्न सबै लालयित हुन्थे । […]

सम्बन्धित सामग्री

आमाको समर्पणमा राजा राजेन्द्रको रुवाउने गीत

प्यारोडी र हास्यव्यंग्य प्रस्तुतिमार्फत दर्शक स्रोताको मन जित्दै आएका हास्यकलाकार राजा राजेन्द्र पोखरेलले मातातीर्थ औंसीको अवसर पारेर रुवाउने गीत आमा जननी मेरी माता लिरिकल भिडियोसहित सार्वजनिक गरेका छन्। मातातीर्थ औंसीको अवसरमा सम्पूर्ण आमाहरूलाई समर्पित गर्दैै राजेन्द्रले प्रस्तुत गरेको गीतमा राजेन्द्रकै शब्द, स्वर तथा संगीत रहेको छ। गीतको भिडियोमा एउटी आमाले सन्तान गर्भमा आएदेखि हुकाई बढाई […]

हरिवंशले ल्याए गाईजात्रे गीत

राजधानी समाचारदाता काठमाडौं । हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यले एक समय गाईजात्रा र प्यारोडी गीत निकालेरै त्यसको आम्दानीले घर बनाएका थिए । केही वर्षयता गाईजात्रा गीत निकाल्न नभ्याएका हरिवंशले यसपटक भने गाईजात्रे गीत दर्शकमाझ ल्याएका छन् । नजिकिँदै गरेको यो वर्षको गाईजात्रालाई मध्यनजर राख्दै नयाँ गाईजात्रे गीत उनले बिहीबार रिलिज गरेका हुन् । उनले ‘तिमी केको …