सात शीर्षकमा पौने ७ खर्ब कर उठाइँदै

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष (आव) २०८०/८१ सात शीर्षकमा ६ खर्ब ७७ अर्ब राजस्व उठाउने तयारी गरेको छ । आन्तरिक राजस्व विभागका अनुसार यो वर्ष आयकर, मूल्य अभिवृद्धिकर, अन्त:शुल्क, सम्पत्ति बहाल तथा पट्टाबापतको आयमा लाग्ने कर, ब्याजकर, शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर शीर्षकमा उक्त रकम उठाइँदै छ । आयकरमा शीर्षकमा २ खर्ब ९८ अर्ब ३५ करोड रुपैयाँ संकलन हुने विभागको प्रक्षेपण छ । त्यसैगरी मूल्य अभिवृद्धिकर शीर्षकमा १ खर्ब ५७ अर्ब २१ करोड उठाइँदै छ । अन्त:शुल्क शीर्षकमा १ खर्ब ४५ अर्ब ५३ करोड रुपैयाँ उठाउने विभागले जानकारी दिएको छ ।  गत आव २०७९/८० मा विभागले आयकर शीर्षकमा २ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी उठाएको थियो । विभागले मंगलवार आयोजित राजस्व व्यवस्थापन गोष्ठीमा प्रस्तुत गरेको विवरणअनुसार गत आव २०७९/८० मा करदातामध्ये सय जनाले कुल करमा ५२ प्रतिशतभन्दा बढी योगदान गरेका छन् । नेपालमा ५५ लाख ५४ हजार करदाता रहेकोमा सय जनाले आधाभन्दा बढी कर तिरेको तथ्यले देखाएको छ । गत आवको करदाता संख्या र राजस्व संकलनको संरचना विश्लेषणमा सय करदाताले २ खर्ब ५१ अर्ब ७३ करोड रुपैयाँ राजस्व तिरेको देखिन्छ । यो कुल संकलित करको ५२ दशमलव ४६ प्रतिशत रहेको विभागको भनाइ छ । विभागले गतवर्ष ६ खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा त्यसको ७६ दशमलव ५१ प्रतिशत (४ खर्ब ७९ अर्ब रुपैयाँ) मात्रै संकलन गरेको छ ।  विभागका अनुसार गतवर्ष  २९ सय ९१ करदाताले ३ खर्ब ७४ अर्ब ९३ करोड रुपैयाँ कर तिरेका छन् । यो कुल असुली रकमको ७८ दशमलव १४ प्रतिशत हो । गतवर्ष १० करदाताले मात्र १ खर्ब ८ अर्ब ३० करोड रुपैयाँ कर तिरेका छन् । यो कुल असुली भएको करको २२ दशमलव ५७ प्रतिशत हो । त्यस्तै ५० करदाताले २ खर्ब १२ अर्ब ५६ करोड (४४ दशमलव ३० प्रतिशत), ५ सय करदाताले ३ खर्ब १९ अर्ब ९४ करोड (६६ दशमलव ६८ प्रतिशत), हजार करदाताले ३ खर्ब ४२ अर्ब १८ करोड (७१ दशमलव ३२ प्रतिशत), २ हजार करदाताले ३ खर्ब ६२ अर्ब ८२ करोड (७५ दशमलव ६२ प्रतिशत) कर तिरेको विभागले प्रस्तुत गरेको विश्लेषणमा उल्लेख छ । राजस्वका अधिकारीहरूले यस आर्थिक वर्षमा राजस्व नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने, भूmटा तथा नक्कली बिलको अनुसन्धान सम्पन्न गर्ने, करको दायरामा नआएका करदाताको पहिचान गरी दायरामा ल्याउने कार्यदिशा रहेको बताएका छन् । तोकिएको राजस्व संकलन, विद्युतीय कारोबारलाई करको दायरामा ल्याउनु, नक्कली बिलबीजकको बढ्दो प्रवृत्तिको पहिचान गरी त्यसमाथिको कारबाहीलाई प्रभावकारी बनाउनु, कर परीक्षण र अनुसन्धानलाई नतिजामूलक बनाउनु, आयकर, मूल्य अभिवृद्धिकर र अन्त:शुल्क ननफिल्टर लक्षित सीमामा राख्नु, बक्यौता संकलन र व्यवस्थापन, बेरुजू फछ्र्योटमा अपेक्षित नतिजा प्राप्त गर्नु, कर परीक्षण अनुसन्धानको गुणस्तरमा सुधार गर्नुलगायत कार्यलाई राजस्वका अधिकारीहरूले यो वर्ष समस्या र चुनौतीका रूपमा लिएका छन् । त्यस्तै गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई प्रदान गर्ने विद्युतीय सेवालाई करको दायरामा ल्याइनु, विलासिता शुल्क, वैदेशिक पर्यटन शुल्क र वैदेशिक रोजगार सेवा शुल्कको व्यवस्था गरिनुलाई राजस्वका अधिकारीहरूले नीतिगत सुधारका रूपमा अथ्र्याएका छन् ।

सम्बन्धित सामग्री

बढ्दै छ कर सहभागिता

काठमाडौं, मंसिर १ ।  राज्य सञ्चालनको सबैभन्दा बलियो र भरपर्दो स्रोत हो, कर । कर परिचालनबाटै दैनिक प्रशासनदेखि विकास निर्माणका काम सम्भव हुने भएकाले सरकारले कर सङ्कलनलाई आफ्नो आम्दानीको मुख्य आधार बनाएको हुन्छ । सरकारको वार्षिक विनियोजन पनि कर सङ्कलनकै आधारमा हुने भएकाले आर्थिक नीतिमा कर सधैँ प्राथमिकतामा पर्छ । रोजगारी सिर्जनासहित मुलुकको अर्थतन्त्र विस्तारका […]

बढ्दै छ कर सहभागिता

राज्य सञ्चालनको सबैभन्दा बलियो र भरपर्दो स्रोत हो, कर । कर परिचालनबाटै दैनिक प्रशासनदेखि विकास निर्माणका काम सम्भव हुने भएकाले सरकारले कर सङ्कलनलाई आफ्नो आम्दानीको मुख्य आधार बनाएको हुन्छ । सरकारको वार्षिक विनियोजन पनि कर सङ्कलनकै आधारमा हुने भएकाले आर्थिक नीतिमा कर सधैँ प्राथमिकतामा पर्छ । रोजगारी सिर्जनासहित मुलुकको अर्थतन्त्र विस्तारका लागि पनि करको भूमिका सबैभन्दा बढी हुन्छ । त्यसैले हरेक मुलुकले करलाई राज्यको प्रमुख आम्दानी मानेर सोहीअनुसार नीतिगत व्यवस्था गरेका हुन्छन् । अर्थ मन्त्राल

गण्डकीको कर समायोजन प्रगतिशील कर सिद्धान्तका आधारमा

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले प्रगतिशील कर सिद्धान्तका आधारमा कर समायोजन गरिएको बताउनुभएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा यसअघि शून्य र विशेष समयमा सदस्यले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले कर सिद्धान्तका आधारमा थोरै हुनेसँग कम र धेरै हुनेसँग सोभन्दा बढी कर लिनेगरी समायोजन गरिएका विषयलाई कार्यान्वयनमा आएको दुई महिनापछि अनावश्यक आलोचना गरिएको बताउनुभयो …

पेट्रोल किन्नेमाथि कति कर कर कर...!

पेट्रोलको भाऊ लगातार माथितिर। रेकर्डमाथि बनिरहेछ रेकर्ड। विभिन्न शीर्षकमा एक लिटरमै ५७ रुपैयाँ कर सरकारी खातामा जान्छ पेट्रोलमा। त्यसैले जति इन्धनको मोल बढ्यो सरकारी खातामा उति धेरै आम्दानी। त्यसो त सवारी चलाउनेकै ज्यान पेलेर तेल निकाल्दा पनि कर कर कर भनेकै हो सरकारले। सरकारी खातामा जाने घट्न भएन, उसले जानेको त्यत्ति…

अन्तर्राष्ट्रिय कर व्यवस्था र मूल्य अभिवृद्धि कर

आयकरभन्दा मूल्य अभिवृद्धि करलाई नयाँ कर र सरल कर मानिन्छ र अहिले विश्वमा १ सय ७० वटा देशहरूमा मूअक लागू भएको पाइन्छ । सन् १९९० को दशकमा भएको भूमण्डलीकरण र सूचना प्रविधिको विकासले अन्तर्राष्ट्रिय क्षेत्रमा वस्तु तथा सेवाहरू र अमूर्तहरूको अन्तरदेशीय कारोबारमा जुन रूपमा वृद्धि भयो त्यसले गर्दा कर विज्ञहरूको बीचमा मूल्य अभिवृद्धि करमा पनि […]

मेचीमा कर सप्ताह

झापा, कात्तिक ३० । आन्तरिक राजस्व कार्यालय मेचीले साताव्यापी कार्यक्रम गर्दै कर सप्ताह मनाउने भएको छ । १० औं राष्ट्रिय कर दिवस तथा कर सप्ताहको पूर्व सन्ध्यामा झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत शुभ प्रसाद रिजालले कर सप्ताहमा आयकरमा उत्कृष्ट चार जना करदातालाई सम्मान गरिने बताउनुभयो । झापासँगै ताप्लेजुङ, […]

‘कर प्रणालीमा पुनरावलोकनको खाँचो छ’

कर निर्धारण गहन विषय हो । कर राज्य सञ्चालन र विकास निर्माणको आर्थिक स्रोतको मुख्य आधार हो । सामान्यतया आम्दानी बढी हुनेले बढी कर तिर्ने आधारभूत मान्यता हो । कर सकेसम्म प्रगतिशील हुनुपर्छ भनिन्छ । धेरै कमाउनेले राज्यलाई धेरै योगदान गर्ने कुरा सामान्य सिद्धान्त नै हो । संसारभर यही प्रचलन छ । हामीकहाँ आय कर […]

जब कर तिर्न आँचल कर कार्यलय पुगिन्…

नेपाली चलचित्र तथा म्यूजिक भिडियोमा काम गर्ने कलाकारहरुले लाखौं पारिश्रमिक लिएको चर्चा हुने गर्दछ । तर, कलाकारहरुले कर तिरेको खबर भने सार्वजनिक हुँदैन । यसैले पनि यति धेरै पारिश्रमिक लिने कलाकारहरुले कर किन तिर्दैनन् भन्ने प्रश्न उठ्ने गरेको छ । तर, नायिका आँचल शर्मा भने लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागको कार्यलयमा कर वुझाउन पुगेको भिडियो अहिले […]

एकल कर संहिता किन आवश्यक छ ?

कर अनुसारको ऐन कर लगाउनका लागि सर्वप्रथम कानूनी आधार तयार गर्नुपर्दछ । यसको लागि कर लगाउने र उठाउने ऐन तर्जुमा गरिन्छ । परम्परागत रूपमा कर लगाउनका लागि कर पिच्छे छुट्टा छुट्टै ऐन निर्माण गरिन्थे, जसले कुनै खास करको उद्देश्य, क्षेत्र, आधार, दर र करको लागि गरिनुपर्ने दर्तादेखि बक्यौता संकलनसम्मका सम्पूर्ण पक्ष समेटेको हुन्थ्यो । यसरी […]

कुन व्यवसायले कर तिर्नु पर्दैन, कुनलाई कर छुट ?

तपाईं व्यवसाय गर्दै हुनुहुन्छ वा गरिरहनु भएको छ भने तपाईंले सो व्यवसाय गर्दा राज्यलाई कति कर तिर्नुपर्छ भन्ने जानकारी हुनु आवश्यक छ । सरकारले केही व्यवसायमा कर नलाग्ने प्रावधान गरेको छ भने केहीमा कर छुट दिएको छ । कस्ता खालका व्यवसायमा कर लाग्छ र कस्तोमा लाग्दैन भन्ने जानकारी हामीले दिन खोजेका छौँ ।यी व्यवसायले तिर्नुपर्दैन करकुनै फर्म, कम्पनी वा संस्थाको रुपमा दर्ता गरी कृषि व्यवसाय गरी प्राप्त भएको आयमा कर लाग्दैन । सहकारी संस्था वा संघको आयमा तथा वितरण गर्ने लाभांशमा पनि कर लाग्नेछैन । कृषि वा