पुरुषलाई जालमा पारेर लुटपाट गरेको आरोपमा प्रहरीले दुईजना युवतीलाई गोंगबुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भएकी युनिसा मगर उर्फ उर्मिला र सुनिता तामाङ उर्फ रोशनी छन् । युनिसा र सुनिताले हनिट्रयापमा पारेर दोलखा घर भएका एकजना पुरुषको साढे ३ तोलाको सिक्री लुटेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।३ महिनाअघि बौद्ध बस्ने ती पुरुष र काभ्रेको नमोबुद्ध घर भएकी सुनिता तामाङको बीचमा सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो । युनिसा उनकी साथी हुन् ।