हनी ट्रयापको आरोपमा राजधानीको नक्सालबाट एक युवती पक्राउ

हनी ट्रयापमा संलग्न रहेको आरोपमा एक युवती पक्राउ परेकी छिन् । हनी ट्रयापिङमा पारी विभिन्न युवाहरुलाई ठगी गर्दै हिँडेकी सुनकोशी गाउँपालिका १ बलखु, ओखलढुङ्गाकी देवी थापा पक्राउ परेकी हुन् । प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार महिलाविरुद्ध हनी ट्रयापिङको समेत उजुरी परेको भएपनि उनलाई चेक बाउन्सको कसुरमा पक्राउ गरिएको हो । परिसरको टोलीले उनलाई राजधानीको नक्सालबाट पक्राउ गरेको हो । आरोपीले कम्तीमा ६ जना युवाहरुलाई हनी ट्रयापिङमा पारी ७५ लाखभन्दा बढी रकम ठगी गरेको पाइएक

सम्बन्धित सामग्री

धनुषाबाट ब्राउन सुगरसहित युवक–युवती पक्राउ

जनकपुरधाम – धनुषाबाट प्रतिबन्धित ब्राउन सुगरसहित युवक र युवती पक्राउ परेका छन् । सशस्त्र प्रहरीले जिल्लाको बिदेह नगरपालिका १ महिनाथपुर स्थित भारतबाट नेपाल तर्फ आउदै गरेका युवक युवतीलाई हेलमेटमा ब्राउन सुगर राखेको अवस्थामा नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सिरहाको कर्जना नगरपालिका ३ थाना चौक बस्ने २३ वर्षीय महादेव मण्डल र कर्जना २ बन्दीपुर छगरिया बस्ने […]

ओखलढुंगामा शिक्षककाे हत्या अभियोगमा एक युवती पक्राउ

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ को कालीका आधारभूत विद्यालयका शिक्षक दिपककुमार ठाकुरको हत्या अभियोगमा प्रहरीले एक युवती पक्राउ गरेको छ । जिल्लाको सिद्धिचरण नगरपालिका-८ घर भएकी २२ वर्षीय छलमाया धमलालाई प्रहरीले पक्राउ गरेको हो । गत असोज ७ गते शिक्षक ठाकुर भाडाको कोठामा मृत फेला परेका थिए । घटना शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट […]

ब्राउन सुगरसहित युवक र युवती पक्राउ

१७ असार, जनकपुरधाम । लागूऔषध ब्राउन सुगरसहित जनकपुरधामबाट एक युवक र एक युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका वडा नम्बर ८ खोजपुर बस्ने २४ वर्षीया रजनीकुमारी चौधरी र सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर २ बस्ने ३० बर्षीय आरिफ हुसेन रहेका जिल्ला प्रहरी कार्यालय धनुषा प्रवक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए […]

लागूऔषध गाँजासहित १८ वर्षीया युवती पक्राउ

जनकपुरधाम – अवैध लागूऔषध गाँजासहित सर्लाहीबाट एक युवती पक्राउ परेकी छन्। पक्राउ पर्नेमा जिल्लाको मलंगवा नगरपालिका ९ की पम्मीकुमारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीलाई देखेर मलंगवा–९ स्थित पम्मीले टाउँकोमा बाँसको ढाकीमा केही सामान बोकी मलंगवा तर्फबाट भारत तर्फ जानेक्रममा खेतमा घोप्टयाई फरार भएकी थिइन्। नेपालबाट […]

त्रिभुवन विमानस्थलबाट गोलीसहित युवती पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित एक युवती पक्राउ परेकी छन्। नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी तनहुँको भानु नगरपालिका-७ की २७ वर्षीया सोबिता नेपालीलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।जाँच गर्ने क्रममा उनको झोलामा एक थान गोली फेला परेको प्रहरीको भनाइ छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

दोहोरो नागरिकता लिएको आरोपमा युवती पक्राउ

२ चैत, गोरखा । दोहोरो नागरिकता लिएको आरोपमा गोरखामा एक युवती पक्राउ परेकी छन् । कास्कीको पोखरा महानगरपालिका–६ बैदाम माइती भई हाल काठमाडौंको कोटेश्वर बस्दै आएकी २८ बर्षीया पूजा ढकाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । ८ मंसिर २०६७ मा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पहिलो नागरिकता लिएकी उनले २८ मंसिर २०६७ मा पुनः जिल्ला प्रशासन कार्यालय […]

बालबालिकाको कानको मुन्द्रा चोरी गरेको आरोपमा एक युवती पक्राउ

पोखरामा सुनको मुन्द्रा चोरी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन ।  बालबालिकाले कानमा लगाएको सुनको मुन्द्रा चोरी गरेको आरोपमा स्याङ्जा घर भएकी युवतीलाई प्रहरीले पक्राउ गरेको हो । पोखराका विभिन्न स्थानबाट साना बालबालिकालाई ललाई फकाई, विभिन्न डरत्रास देखाएर कानमा लगाएका सुनको मुन्द्रा चोरी गर्दै हिँडेको अवस्थामा युवतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी डिएसपी एवं प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।तिवारीका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सु

कैलालीमा लागूऔषधसहित युवती पक्राउ

२१ असोज, धनगढी । कैलालीमा लागूऔषधसहित एक युवती पक्राउ परेकी छन् । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले डडेल्धुराको अजयमेरु गाउँपालिका–४ की ३४ वर्षीया आशा बिष्टलाई पक्राउ गरेको हो । धनगढी उपमहानरपालिका–१३ राजपुरमा कोठा लिएर बस्ने बिष्टलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए । उनकाअनुसार बिष्टको […]

शिक्षकको घाँटी रेटि हत्या गरेको आरोपमा एक युवती पक्राउ

दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गुराँस गाउँपालिका–८ छोटेपोखरीकी २५ वर्षीया मुना राना रहेकी छिन् ।

समाजसेवाको नाममा ठगी धन्दा चलाएको आरोपमा युवती पक्राउ

२३ पुस, सुर्खेत । समाजसेवाको नाममा ठगीको धन्दा चलाएको आरोपमा एक युवती पक्राउ परेकी छन् । इटहरी उपमहानगरपालिका–४, सुनसरीकी २४ वर्षीया विद्या शर्मा नाम बताउने विद्या सरकार पक्राउ परेकी हुन् । उनलाई बिहीबार दैलेख प्रहरी सार्वजनिक गरेको छ । दैलेख प्रहरीको समन्वयमा महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले ती युवतीलाई पक्राउ गरेको हो । आफूलाई अभियन्ता […]