कोरोनाको दोस्रो लहर क्रमशः मत्थर हुँदै गइरहेको अवस्थामा तेस्रो लहरको चिन्ता बढ्न थालेको छ । कोरोनाको सम्भावित तेस्रो र चौथो लहरमा बालबालिका बढी जोखिममा पर्नसक्ने आशंका गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै संक्रमणको तेस्रो लहर आउन सक्ने र बालबालिका बढी संक्रमित हुने पूर्वानुमानसहित स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ । गत जेठ २१ गते स्वास्थ्य मन्त्रालयले तेस्रो लहर सुरु हुनसक्ने र बालबालिका बढी संक्रमित हुने भन्दै बालबालिकाका लागि २० प्रतिशत बेड र आइसीयू, एचड