जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) व्यावहारिक रूपमा विभाजित भइसकेको छ तर कानुनी र औपचारिक फुटको घोषणा हुन बाँकी छ। जसपाको औपचारिक विभाजन भएमा प्रदेश २ मा सत्ता समीकरण परिवर्तन हुनसक्ने तीव्र सम्भावना पनि बढेको छ भने मुख्यमन्त्री राउत नेतृत्वको सरकार ढाल्नेसमेत प्रयास सुरु भएको छ।प्रदेश २ मा तत्कालीन समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको गठबन्धनको सरकार बनेको छ, जुन करिब १३ महिना अघि पार्टी एकीकरणपश्चात् जनता समाजवादी पार्टी (जसपा) बनेको हो। तर, पार्टीको राम्रोसँग एकी