काठमाडौं। वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष पेस गरेको हस्ताक्षर कीर्ते नभएको बताएका छन्। “प्रधानमन्त्री नियुक्तिका लागि देउवाले राष्ट्रपतिसमक्ष पेस गर्नुभएको हस्ताक्षर कीर्ते होइन। को कहाँ छ,त्यहीँ सही गराउने हो। कीर्ते छ भने कारबाही लगाउनुस्। त्यो महान्यायाधिवक्ताको क्षेत्राधिकार होइन,कागज नमागी पनि गर्न सक्छन्,एउटा पानामा सकिएपछि अर्काेमा सही गर्ने हो नि,”सुनुवाइका क्रममा थापाले भने।