प्रमुख प्रतिपक्षी एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा निकट चिकित्सकलाई सेवामा निरन्तर राख्नका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अवकाशको उमेर हद बढाउने निर्णयको विरोध गरेका छन् । प्रधानमन्त्री देउवा निकट ६० वर्षीय डा. रवि मल्लको सेवा अवधि बढाउनका लागि शनिबार अवकाशको उमेरहद ६० बाट ६३ वर्ष पुर्याइएको थियो ।