पाँच दलीय गठबन्धनको सरकार टिकाउनुपर्छ : पूर्व प्रधानमन्त्री भट्टराई

लमजुङ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगमन विरुद्ध बनेको वर्तमान गठबन्धनको सरकार टिकाउनुपर्ने बताएका छन्। हिजो (बुधबार) लमजुङ बेँसीसहरमा आयोजित जनता समाजवादी पार्टी नेपाल सङ्गठन सुदृढीकरण तथा जागरण (सुज) अभियान उद्घाटन तथा अभिमुखीकरण कार्यक्रममा उनले शेरबहादुर देउवाको नेतृत्वमा प्रतिगमनका विरुद्धमा बनेको पाँच दलीय गठबन्धन सरकार टिकाउनुपर्ने बताएका […]

सम्बन्धित सामग्री

न्युजिल्यान्डका प्रधानमन्त्रीले तीन–दलीय गठबन्धन सरकार बनाउने

शुक्रबार अन्तिम चुनावी परिणाममा पूर्ण बहुमत हासिल गर्न असफल भएपछि न्युजिल्यान्डमा नयाँ प्रधानमन्त्री क्रिस्टोफर लक्सनले तीन–दलीय गठबन्धन सरकार बनाउने बताएका छन्। लक्सनको नेसनल पार्टीले गत महिना भएको निर्वाचनमा कूल एक सय २३ सिटमा ४८ सिट हासिल गरेपछि उनलाई सरकार बनाउन अन्य पार्टीको समर्थन आवश्यक परेको छ।एयरलाइन्सका पूर्वकार्यकारी ५३ वर्षीय लक्सनले उदारवादी एसिटी र लोकप्रिय न्युजिल्यान्ड फर्स्ट पार्टीसँग सरकार गठनका लागि शनिबार र आइतबार वार्ता हुने जानकारी दिए।“अन्तिम स्पष्टता हुनु

‘पाँच दलीय गठबन्धन सत्तामा पुगेर मुलुककाे विकासका निम्ती काम गर्छ’

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धन सत्तामा पुगेर मन्त्री/प्रधानमन्त्री बन्नका लागि नभएर मुलुकको समग्र विकासका निम्ती बनेको बताउनु भएको छ । नेकपा (माओवादी केन्द्र) निर्वाचन परिचालन समिति क्षेत्र नम्बर ३ रुपन्देहीले आज भैरहवामा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै गृहमन्त्री तथा रुपन्देही–३ बाट प्रतिनीधि सभा सदस्य पदका उम्मेदवार खाँणले पाँच दलीय […]

संविधान जोगाउन गठबन्धन बनेको हो : प्रधानमन्त्री देउवा

काठमाडौँ,६ कार्तिक । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान, लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता बचाउन र विकास तथा समृद्धिका लागि पाँच दलीय गठबन्धन बनेको बताएका छन् । पाँच दलीय गठबन्धन दलद्वारा आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलामा प्रधानमन्त्री देउवाले आउँदो चुनाव संविधान रहने कि नरहने तथा सङ्घीयताको संस्थागत विकास हुने नहुने विषयसँग जोडिएकोले […]

५ दलीय गठबन्धन जनताको रगत चुस्न बनेको हो : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ ५ दलीय गठबन्धन जनताको रगत चुसेर देशलाई कंगाल बनाउन बनेको टिप्पणी गरेका छन् । बुधवार कञ्चनपुरमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन आफै मित लगाएर पनि नबनेको बताए । ‘जनताको रगत चुसेर जनतालाई कंगाल बनाउन देशविरुद्ध एउटा गठबन्धन बनेको छ । यो आफै आफै मित लाएर बनेको पनि होइन’, ओलीले भने, ‘अन्तै कसैले टाउका समातेर बनेको छ ।’ पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले गठबन्धनमा रहेका दलहरू जुट्न पनि नस

पाँच दलीय गठबन्धन आगामी चुनावसम्म कायम रहन्छ : नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन आगामी चुनावसम्म कायम रहने बताएका छन् ।समाजवादी प्रेस संगठन नेपालले आइतबार आयोजना गरेको विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा वरिष्ठ पत्रकारसँगको अन्तक्र्रियामा अध्यक्ष नेपालले प्रतिगमनका विरुद्ध गठन भएको गठबन्धनले मुलुकमा लोकतन्त्र, संविधान र जनताको हितमा कार्य गर्न प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनसम्म तालमेल गर्ने बताए ।प्रधानमन्त्री शेरबहादुर […]

सरकार टिकाउन गठबन्धन : प्रधानमन्त्री देउवा

दाङ – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन ऐतिहासिक तथा राष्ट्रिय आवश्यकतामा निर्माण भएको दाबी गरेका छन्। तुलसीपुरमा गठबन्धन दलले आइतबार गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले देशलाई दुर्घटनाबाट जोगाउन र राष्ट्रको हितमा गठबन्धनको आवश्यकता महसुस गरी गरिएको बताए। प्रधानमन्त्री देउवाले गठबन्धनविरुद्ध शंका नगर्न आग्रह गर्दै उनले भने, ‘गठबन्धन बन्नुअघि कांग्रेसको […]

पाँच दलीय गठबन्धन सजिलै टुट्दैन : बस्नेत (भिडिओसहित)

काठमाडौं, २० माघ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले सत्ता गठबन्धन नै तोडेर भएपनि एमसीसी पास गराउँछु भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले भनेको भनेर आफूले विश्वास नगर्ने स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । […]

पाँच दलीय गठबन्धन पूरा समय चल्छ, अगाडि पनि जाओस् भन्ने चाहन्छु- देउवा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन संसदको पूरै कार्यकालसम्म चल्ने बताएका छन् । उनले यो गठबन्धन कसैका विरुद्ध नभएको दाबी गरे ।  माओवादी केन्द्रको ८ औं महाधिवेशनलाई आइतवार काठमाडौंमा सम्बोधन गर्दै देउवाले चुनावपछि पनि गठबन्धन अगाडि बढोस् भन्ने आफ्नो चाहना रहेको बताएका हुन् ।  ‘कसैको विरुद्ध होइन गठबन्धन, अहिलेको संविधानबाट संसद् पूरा कार्यकाल चलोस् । मन परेन भने कसैले भंग नहोस् । बीचमा संसद भंग नहोस् भन्ने पुनित उद्देश्य राखेर संविधानमा राखेको हो,’ देउव...

पाँच दलीय गठबन्धन निर्वाचनसम्म कायमै रहने कार्यवाहक प्रधानमन्त्री खाँणको भनाई

काठमाडौं, १४ कार्तिक । कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले सत्तापक्षीय पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने स्पष्ट पारेका छन् । आज गृहजिल्ला रुपन्देहीमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको गठबन्धनले नै संविधानको रक्षा गरेको बताए । उनले संविधानको रक्षा, जनताको चाहना र विश्वासलाई अझ मजबुत बनाउन आगामी निर्वाचनसम्म पाँच दलीय […]