फागुन १८, काठमाडौं । बुधवार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य एक वर्षयताकै न्यून विन्दुमा झरेको छ ।
कम्पनीको शेयरमूल्य गत वर्षको फागुन १९ मा प्रतिकित्ता रू. २ हजार १८ रहेकोमा यस वर्षको फागुन १८ गते अर्थात् आज प्रतिकित्ता रू. १ हजार १८४ दशलमव ९० मा झरेको हो ।
कम्पनीले विगतका वर्षहरुमा आकर्षक लाभांश दिदैं आएको थियो । कम्पनीको आव २०७६/७७ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश दर घटेको छ ।
सोही कारण कम्पनीको शेयरमूल्य घटेको देखिन्छ । कम्पनीले आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७३६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव बीमा समितिबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
कम्पनीले आव २०७५/७६ को नाफाबाट शेयरधनीलाई ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बुधवार कम्पनीको शेयरमूल्य सर्वाधिक रू. १६ करोड १८ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १८४ दशलमव ९० कायम भएको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा रू. ५७ दशमलव १० ले घटेको हो ।