जेठ ६, सिंगापुर । सिंगापुर एयरलाइन्सले सवा ४ अर्ब सिंगापुर डलरभन्दा धेरै वार्षिक घाटा बेहोरेको छ ।
यो कम्पनीले बेहोरेको लगातार दोस्रो वार्षिक घाटा हो । कम्पनीले बुधवार बताएअनुसार मार्च ३१ मा सकिएको १२ महीनामा घाटा ४ अर्ब २७ करोड सिंगापुर डलर रहेको छ ।
यो विश्लेषकहरुले अनुमान गरेकोभन्दा धेरै हो । सो अवधिमा घाटा ३ अर्ब २७ करोड सिंगापुर डलर रहने रिफिनिटिभको सर्वेक्षणले देखाएको थियो ।
समीक्षा अवधीको घाटा अघिल्लो आवको तुलनामा निकै घेरै हो । त्यतिबेला कम्पनीको घाटा २१ करोड २० लाख सिंगापुर डलर मात्रै रहेको थियो । त्यतिबेला महामारीका कारण एक त्रैमासको व्यापार मात्रै प्रभावित भएको थियो ।
समीक्षा अवधिमा कम्पनीको वार्षिक आम्दानी ७६ दशमलव १ प्रतिशतले घटेर ३ अर्ब ८३ करोड सिंगापुर डलरमा आएको छ । कोरोना भाइरसको महामारीका कारण उत्पन्न संकटको प्रभाव कम गर्न क्म्पनीले ६ अर्ब २० करोड सिंगापुर डलर बराबरको परिवत्र्य ऋणपत्र जारी गर्ने भएको छ । एजेन्सी