ह्वाट्सएपले पहिलो पटक आईप्याड एप ल्याउँदै

पहिलो चोटि ह्वाट्सएपको आईप्याड एप सार्वजनिक हुने भएको छ । कम्पनीले कुनै पनि अकाउन्टमा कुनै उपकरणलाई प्रमुख डिभाइसको रुपमा सेटअप गर्नका निम्ति एण्ड टू एण्ड इन्क्रिप्सन चाहिने गर्दछ । कम्पनीले जुलाईमै स्मार्टफोन बिनाको मल्टि डिभाइस कनेक्सनका लागि इन्क्रिप्सनमा काम गरिरहेको बताएको थियो । यही योजना अन्तर्गत ह्वाट्सएपले आईप्याड एप सार्वजनिक गर्न सक्ने भएको छ ।...

सम्बन्धित सामग्री

इन्स्टाग्रामले बहुप्रतीक्षित ‘एआई स्टुडियो’ ल्याउँदै

मेटा स्वामित्वको लोकप्रिय सोसल मिडिया एप इन्स्टाग्रामले एउटा नयाँ तथा बहुप्रतीक्षित फिचर ल्याउँदैछ । उक्त फिचरको नाम 'एआई स्टुडियो' हो । इन्स्टाग्रामको एआई स्टुडियो फिचरको सहयोगबाट प्रयोगकर्ताले आफ्नो एआई भर्सन तयार गर्न सक्नेछन् । मेटाका सीईओ मार्क …

एप्पलले ल्याउँदै नयाँ एप, अब पासवर्ड सम्झिनु पर्दैन

एप्पलको वार्षिक सम्मेलनको रुपमा रहेको वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स २०२४ सोमबारदेखि सुरु हुँदैछ। जुन १४ सम्म चल्ने उक्त बहुप्रतिक्षित कार्यक्रममा एप्पलले आफ्ना विभिन्न सफ्टवेयरहरु घोषणा तथा सार्वजनिक गर्ने गरेको छ । यसपटकको डेभलपर्स कन्फ्रेन्समा आर्टिफिसियल इन्टेलिजेन्ससँग सम्बन्धित विभिन्न …

ट्विटरमा भद्रगोल भएको मौका छोपी मेटाले 'थ्रेडस्' एप ल्याउँदै

मेटाले यही साता इन्स्टाग्राममा आधारित ट्विटरजस्तै प्लाटफर्म सार्वजनिक गर्ने भएको छ । पछिल्लो पटक ट्विटरका मालिक इलन मस्कले दैनिक पढ्न मिल्ने ट्विटमा समेत कोटा सिस्टमको घोषणा गरिदिएपछि यसले ट्विटरलाई ठूलो क्षति हुने अनुमान छ । यही मौकामा मेटाले थ्रेड्स नामक इन्स्टामा आधारित एप प्रयोगकर्तामाझ ल्याउने भएको हो ।

आईएमई पेको नयाँ अफर, १ रूपैयाँमै हवाई यात्रा गर्न सकिने

विभिन्न अवसरमा विभिन्न छुट अफर ल्याउँदै आएको आइएमई पे ले आसन्न आम निर्वाचनको अवसरलाई मध्यनजर गर्दै हवाई यात्रा अफर सार्वजनिक गरेको छ । अफर अनुसार आइएमई पे एप मार्फत हवाई टिकट काट्ने मध्ये हरेक दिन एक जना भाग्यशाली विजेताले रू. १ मा सो टिकट प्राप्त गर्न सक्नेछन् । प्रयोगकर्ताहरुले हवाई टिकट खरिद गर्दा कुल रकम (फुल प्राइस) मै खरिद गर्नु पर्ने हुन्छ । यो अफरमा प्रतिदिन विजेता...

ह्वाट्सएपले ल्याउँदै नयाँ सुविधा, पेन ड्राइभमै राख्न सकिनेछ च्याटको ब्याकअप

मेटा स्वामित्वको लोकपि्रय मेसेजिङ एप ह्वाट्सएपले एक नयाँ फिचर ल्याउने तयारी गरिरहेको छ । उक्त फिचर आएसँगै प्रयोगकर्ताहरुले गुगल ड्राइभमा सुरक्षित रहेका ह्वाट्सएपका च्याट ब्याकअपलाई एक्सपोर्ट गर्न वा अन्य कुनै सर्भर वा डिभाइसमा ब्याकअप गर्न सक्नेछन् । अर्थात् गुगल ड्राइभमा रहेको ह्वाट्सएप ब्याकअपलाई पेन ड्राइभमा सार्न सकिनेछ । यो नयाँ फिचर तत्कालका लागि ह्वाट्सएपका बिजनेस […]

इन्स्टाग्रामको साटो रोजग्राम ल्याउँदै रुस

युक्रेनमाथि रुसले गरिरहेको आक्रमणका बीच सोसल मिडिया प्लाटर्फम फेसबुकलगायतको मातृ कम्पनी मेटाले रुसमाथि कडा नीति अख्तियार गरेसँगै रुसले फेसबुक तथा इन्स्टाग्रामसमेतलाई रुसमा प्रतिबन्ध लगायो । दुई हप्ता अगाडि देखि रुसमा इन्स्टाग्राम प्रतिबन्धित छ । ८ करोड प्रयोगकर्ता रहेको फोटो शेयरिङ एप इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएसँगै रुसले नयाँ विकल्प खोजेको छ । रुसमा इन्स्टाग्रामको विकल्पमा उस्तै सोसल […]

नयाँ एप ल्याउँदै गुगल, जसले राख्नेछ तपाईंको सम्पूर्ण स्वास्थ्य जानकारी

गुगलले नयाँ एपमा काम गरिरहेको छ, जुन चाँडै लञ्च हुनेछ। यो एपले अनलाइन मेडिकल रेकर्ड स्टोर गर्ने सुविधा दिनेछ।  एपले प्रयोगकर्ताको मेडिकल हिस्ट्री रेकर्ड अलग–अलग हेल्थकेयर सुविधाबाट प्राप्त गर्नेछ। यो एप प्रयोगकर्ताले एउटा क्लिककै भरमा आफ्नो सम्पूर्ण स्वास्थ्य विवरण देख्न पाउने छ।  समाचारअनुसार गुगलको यो नयाँ एपले अलग–अलग हेल्थ प्रोभाइडरबाट पाउने विवरणलाई एक ठाउँमा राख्ने छ। यसपछि डाक्टरलाई भेट्न जाँदा प्रयोगकर्ताले आफ्नो सबै रिपोर्ट मोबाइलबाट देखाउने सक्नेछन्।  यसका लागि प्रयोगकर्ता...

क्लब हाउस र ट्वीटरको स्पेसलाई टक्कर दिन 'पडकास्ट' फिचर ल्याउँदै फेसबुक

फेसबुकले आफ्नो संजालमा 'पोडकास्ट' फिचर थपेको छ। हाल ट्वीटरको 'स्पेस' र 'क्ल्ब हाउस' को प्रयोग ह्वात्तै वृद्धि भइरहेको अवस्थामा फेसबुकले पनि 'अडियो डेडिकेटेड' फिचर थप्न लागेको हो। अडियो एप 'क्लब हाउस' र ट्वीटरको 'स्पेस' लाई टक्कर दिनेगरी फेसबुकले अडियो सुविधा ल्याउने भएको हो। मंगलबारदेखि फेसबुकमा पडकास्ट फिचर थपिने जनाइएको छ।…

भारत सरकारले आज बजेट ल्याउँदै

काठमाडौं : भारत सरकारले आज बजेट ल्याउँदैछ। वित्तमन्त्री निर्मला सीतारमणले स्थानीय समयअनुसार बिहान ११ बजे लोकसभामा बजेट पेश गर्ने कार्यसूची छ। भारतले पहिलो पटक पेपरलेस बजेट बनाएको छ। मन्त्री निर्मला सीतारमणले केही दिनअघि युनियन बजेट मोबाइल एप जारी गरेकी छन्।  बजेट भाषणपछि विनियोजनको सम्पूर्ण तथ्यांक एपमा उपलब्ध हुनेछ। कोरोना महामारीपछि भारतले पहिलो पटक केन्द्रीय बजेट पेश गर्न लागेको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले यो बजेट कोरोनाका कारण गरिएको लकडाउनको असर कम गर्नका लागि गरिएको प्