ट्विटरमा भद्रगोल भएको मौका छोपी मेटाले 'थ्रेडस्' एप ल्याउँदै

मेटाले यही साता इन्स्टाग्राममा आधारित ट्विटरजस्तै प्लाटफर्म सार्वजनिक गर्ने भएको छ । पछिल्लो पटक ट्विटरका मालिक इलन मस्कले दैनिक पढ्न मिल्ने ट्विटमा समेत कोटा सिस्टमको घोषणा गरिदिएपछि यसले ट्विटरलाई ठूलो क्षति हुने अनुमान छ । यही मौकामा मेटाले थ्रेड्स नामक इन्स्टामा आधारित एप प्रयोगकर्तामाझ ल्याउने भएको हो ।