काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काेराेना सङ्क्रमणबाट जाेगिन काेभिड–१९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी) लाई आठ बुँदे सुझाव दिएकाे छ ।बिहीवार विज्ञप्ति निकाल्दै मन्त्रालयले भारत, युरोपेली युनियनलगायतका देशमा कोरोनाको सङ्क्रमण दर बढेको र नेपालमा पनि यसको प्रभाव पर्न सक्ने भन्दै सीसीएमसी निर्देशक समितिलाई सुझाव सिफारिस गरेको हाे । मन्त्रालयले सीसीएमसीलाई तराईका जिल्लाका नेपाल र भारतबीच सीमा नाकाबाट नेपाल प्रवेश गर्ने क्षेत्रमा निगरानी बढाउन र केन्द्रबाट अनुगमन गर्न सुझाव दिएको...