काठमाडौँ महानगरपालिकाले सबै वडामा मेलमिलाप कक्ष बनाएर न्यायिक समितिमा आउने विवाद वडा तहमै समाधान गर्ने तयारी गरेको छ । कामपाको न्यायिक समितिले इजलासबाट न्याय निरुपणका काम थालनी गरेको अवसरमा आयोजित बुधबार कार्यक्रममा उपप्रमुख सुनिता डङ्गोलले सो जानकारी गराउनुभयो । “समितिमा आएका उजुरीलाई मेलमिलाप गराउनु नै पहिलो प्रयास हुनेछ”, उपप्रमुख डङ्गोलले भन्नुभयो । अहिले न्यायिक समितिमा …