काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालसँग भेटघाट गरेको छ। अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको टोलीले आज मन्त्री भुसालसँग भेटघाट गरेको हो। छलफलका क्रममा गोल्छाले ट्रक र डेडिकेटेड लाइनमा रहेको विद्युत महशुल विवाद तत्काल समाधान गर्नुपर्ने बताए। यो विवादले नेपालमा लगानीको वातावरण बिग्रन सक्ने भएकाले छिटै विवाद समाधान गर्नतर्फ लाग्नुपर्ने महासंघको माग छ।