धादिङमा आइतबार छुट्टाछुट्टै दुई दुर्घटनामा १० जना घाइते भएका छन्। गल्छीबाट धादिङबेसी आउँदै गरेको प्रदेश नं ०३–००२००१ ब०४२२ नम्बरको मोटरसाइकल जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ६ गैडेखोलामा दुर्घटना हुदाँ गल्छी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष पूर्णप्रसाद खतिवडासहित दुई जना गम्भीर घाइते भएका छन्।