संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना सहसचिवहरूको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले चार दिनअघि नै विभिन्न मन्त्रालयका १० जना सहसचिवहरूको सरुवा भएको पुष्टि गरेका हुन् ।
मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट १० जना सहसचिवहरूको सरुवा भएको उनले बताए ।
श्रवणकुमार तिमिल्सेना, शिवकुमार कार्की र मनमाया पंगेनीलाई गृह मन्त्रालयबाट बाहिर पठाइएको छ भने सहसचिव राजेश्वर ज्ञवाली र नारायणप्रसाद रिसाललाई गृह मन्त्रालयमा प्रवेश गराइएको छ । ...