दक्षिण अफ्रिकामा एकजना महिलाले १० जना बच्चा जन्माएको भन्दै गरिएको दाबी गलत रहेको बीबीसीले उल्लेख गरेको छ। केहीदिन अघि गोसिएमे थमारा सिथोले १० जना बच्चा जन्माएको समाचारहरु प्रकाशित भएका थिए। तर अनुसन्धानका क्रममा उक्त दाबी गलत रहेको पुष्टि भएको हो।
खाउटेङ प्रान्तका कुनै पनि अस्पतालमा एकैजनाले १० जना बच्चा जन्माएको अभिलेख नभेटिएको हो।…