शिक्षा नियमावलीमा स्थायी नियुक्ति भएका शिक्षकले २० वर्ष नियमित काम गरेमा मासिक निवृत्तिभरण (पेन्सन) पाउने व्यवस्था छ । पर्वतका पाँच शिक्षक भने जागिर छाडेको २१ वर्षपछि काममा फर्किएका छन् । तत्कालीन सशस्त्र द्वन्द्वका कारण विस्थापित शिक्षकलाई सरकारको निर्णयअनुसार यसै सातादेखि काममा फर्काइएको हो ।