सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाबाट पदमुक्त भएका कृष्ण थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।आदेशमा भनिएको छः ‘निवेदक थापालाई सुनुवाइको मौकासमेत प्रदान गरी राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८, ३२ र ३४ समेतका दल त्यागसम्बन्धी कानुनी प्रावधानका आधारमा प्रदेशसभा सदस्य पदबाट हटाएको देखिएको र निवेदकले उठाउनुभएका अन्य कानुनी प्रश्नहरुक