डिजेल र पेट्रोलमा प्रतिलिटर १०-१० रुपैयाँ मूल्य घटाइने

काठमाडौं । सरकारले डिजेल र पेट्रोलमा प्रतिलिटरमा १०-१० रुपैयाँ मूल्य घटाउने तयारी अघि बढाएको छ । इन्धनको मूल्य निरन्तर बढ्दा उपभोग्य सामानको मूल्य बढेको भन्दै विरोध भएपछि सरकारले इन्धनमा लगाउँदै आएको कर घटाएर इन्धनको मूल्य घटाउने तयारी गरेको हो । इन्धनमा लाग्दै आएको पूर्वाधार कर घटाउन अर्थ मन्त्रालयले सहमती जनाएसँगै उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले […] The post डिजेल र पेट्रोलमा प्रतिलिटर १०-१० रुपैयाँ मूल्य घटाइने appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

फेरि बढ्यो डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य, अब कति पर्छ ?

सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज सोमबार मध्यरातदेखि लागु हुने गरि पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ९ रुपैयाँ बढाएको हो । यस संगै अब पेट्रोल प्रति लिटर १८१ र डिजेल तथा मट्टीतेल प्रति लिटर १७२ रुपैयाँ प्रति लिटर पुगेको छ।त्यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि प्रति लिटर ५ रुपैयाँ बढेको छ । अन्तराष्ट्रियतर्फको हवाई इन्धनको मूल्य र खाना पकाउने ग्यासको मूल्य भने यथावत छ ।लागत अनुरुप मूल्य समायोजन हुन नसकेको कारणबाट पेट्रोलियम पदार्थ खरिद वापत इण्डियन आयल कर्पोरेशनलाई तिर्नुपर्ने बक्यौता रकम बढ्दै जाने देखिएको हुँदा आपूर्ति व्यवस्था सहज बनाइ राख्न दिन प्रति दिन निगमलाई चुनौती थपिदै गएको निगमले जनाएको छ । निगमले आज मात्र आर्थिक स्रोतको जोहो नभए निकट भविष्यमै इन्धन आपूर्ति प्रभावित हुन सक्ने चेतावनी नेपाल सरकारलाई दिएको छ । निगमका अनुसार भारतलाई इन्धन खरिदको भुक्तानी गर्नुपर्ने रकम ३० अर्ब नाघेको छ । नेपाल आयल निगमले डिजेल र पेट्रोल बिक्रि गर्दा कोटा तोक्न सिफारिस गरेको छ । आयल निगमले नेपाल सरकारलाई पत्र लेख्दै पेट्रोलियम पदार्थको खपत कम गर्न बिक्रिमा कोटा तोक्ने सहित विभिन्न १० वटा उपाय सिफारिस गरेको हो । इन्धनको मूल्य वृद्धिका कारण मुलुकको अर्थतन्त्र र निगमलाई जोगाउन विभिन्न प्रस्ताव गरिएको निगमले जनाएको छ ।यस्तो अवस्थामा पेट्रोलियम पदार्थको खपत कम गर्न निगमले सुझाव दिएको हो । जसमा पेट्रोल पम्पहरूले मोटर साइकललाई एक-पटकमा ५ लिटर र कार तथा जीप लगायतका साना सवारी साधनलाई २० लिटर मात्र ईन्धन बिक्री गर्न प्रस्ताव गरिएको छ।यस्ता छन् सिफारिस: १.सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनहरू बाहेक सरकारी तथा नीजि सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्ने ।२. देशका प्रमुख शहरहरुमा प्रत्येक शनिबार गाडी रहित सार्वजनिक बिदाको घोषणा गर्ने ।३. खाना पकाउने एल.पी. ग्यासको खपत कम गर्न बिद्युतीय चुलो सहुलियत दरमा बिक्री गर्ने र घरायसी प्रयोजनको लागि विद्युतीय शुल्क कम गर्ने ।४. विद्युतीय सवारी साधनको प्रयोगमा बृद्धि गर्न प्रमुख शहरहरु र राष्ट्रिय राजमार्गहरुमा निः शुल्क चार्जिङ्ग स्टेशन निर्माण गर्ने तथा सार्वजनिक/निजी पार्किङ्ग स्थलमा विद्युतीय सवारीका लागि अलग्गै निः शुल्क पार्किङ्ग स्थल तोकिदिने ।५. पेट्रोल पम्पहरूले मोटर साइकललाई एक-पटकमा ५ (पाँच) लिटर र कार तथा जीप लगायतका साना सवारी साधनलाई २० (बीस) लिटर मात्र ईन्धन बिक्री गर्ने।६. छोटो दुरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आव्हान गर्ने ।७. ढुवानी कार्यमा प्रयोग हुने मालवाहक सवारी साधनहरु पूर्ण क्षमतामा चलाउने ।८. मोटरसाइकल, कार, सरकारी सवारी साधन आदिमा सिट अनुरुप नै यात्रु रहने गरी संचालन गर्ने व्यवस्था मिलाउने ।९. पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन लगायतका अन्य उपकरणहरुको आयात बन्द गर्ने ।१०. ठूला उद्योग, परियोजना, होटेल आदिले डिजेल तथा एल.पी.ग्यासको खपत नगरी विद्युतको खपत गर्न आव्हान गर्ने। विदेशी मुद्रा खर्च गरी महंगो मूल्यमा आयात गर्नुपर्ने पेट्रोलियम पदार्थको प्रयोग सकेसम्म कम गरी विद्युत लगायतका स्वदेशी ऊर्जाको खपत बढाउनुपर्ने राष्ट्रिय आवश्यकतालाई आम उपभोक्ताहरुले समेत मनन गर्ने विश्वास निगमले लिएको छ जनाएको छ ।

भाउ घटेपछि बागलुङमा पेट्रोलियम पदार्थ अभाव

बागलुङ : नेपाल आयल निगमले तेलको मूल्य घटाएपछि बागलुङमा पेट्रोलियम पदार्थ अभाव भएको छ। आयल निगमले जेठ १९ गते देखि लागु हुनेगरी १० रुपैयाँ घटाउँदै पेट्रोलको प्रतिलिटर १७० र मट्टितेलको मूल्य १५३ कायम गरेपछि  जिल्लाका पेट्रोल पम्पमा डिजेल तथा पेट्रोल अभाव भएको हो। सदरमुकाममा रहेका दुई पेट्रोल पम्प आइतबार दिउँसोदेखि बन्द छन्। इन्धन नभएर पम्प बन्द गरेको सञ्चालक बताउँछन्। आइतबार समेत सार्वजनिक विदा हुन थालेपछि तेलको आपूर्ति आधा मात्रै भएको न्यू ध्रुव पेट्रोल पम्पका सञ्चालक

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं, ३० वैशाख : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले डिजेल र पेट्रोल र मट्टिलेतको मूल्य बढाएको हो। अब पेट्रोल १७० र डिजल १५४ प्रति लिटर काम भएको छ। शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

आजदेखि ‘कन्सट्रक्सन होलिडे’, देशभरका ५ हजारभन्दा बढी आयोजना अलपत्र

नेपाल निर्माण व्यवसायी महासंघले आजदेखि कन्सट्रक्सन होलिडे’ गर्ने भएको छ । मूल्यवृद्धि, भुक्तानी रोक्का र खरिद नियमावलीको ११औं संशोधनको त्रुटि सच्याउन दबाब दिँदै कन्सट्रक्सन होलिडे’ गर्न लागेको हो ।विगत केही महिना देखि पेट्रोलियम पदार्थ (डिजेल, बिटुमीन, पेट्रोल, ग्यास), फलामजन्य निर्माण सामाग्री (छड, ग्यावीन तार, पाता, आईरन ब्लेड) लगायत वस्तुको मूल्य बढेको छ । कोभिड–१९ महामारीका कारण र रुस–युक्रेन युद्धका कारणले निर्माण सामाग्रीको मूल्य बढेको हो ।बढेको मूल्यमा निर्माण

डिजेल र पेट्रोल लिटरमा पाँच रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। डिजेल र पेट्रोलको मूल्य लिटरमा पाँच रुपैयाँ बढाएको हो।

डिजेल र पेट्रोल लिटरमा पाँच रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। डिजेल र पेट्रोलको मूल्य लिटरमा पाँच रुपैयाँ बढाएको हो।...

मूल्य बढ्दा पनि घटेन पेट्रोलियम पदार्थको आयात

वीरगञ्ज – वीरगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात बढेको छ। देशको प्रमुख आर्थिक नाका वीरगञ्ज नाका भएर चालु आर्थिक वर्षको पहिलो सात महिनामा ७१ अर्बभन्दा बढीको डिजेल र पेट्रोल आयात भएको हो। चालु आर्थिक वर्षको साउनदेखि माघसम्म यो नाका भएर रु ७१ अर्ब ३३ करोड ५२ लाख ७७ हजार बराबरको डिजेल र पेट्रोल आयात भएको वीरगञ्ज […]

फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

पेट्रोल र डिजेलको मूल्य फेरि बढेको छ । डिजेल र पेट्रोल दुबैमा ३/ ३ रुपैयाँ बढेको हो । मूल्य बढेसँगै पेट्रोलको मूल्य १३३ र डिजेलको मूल्य ११६ पुगेको छ ।   ...

पेट्रोलियम पदार्थको मूल्य बढेपनि निगमलाई अझै घाटा, १५ दिनमै ९६ करोड घाटा

सबैखाले पेट्रोलियम पदार्थको मूल्य बढेपनि नेपाल आयल निगम अझै ९६ करोड रुपैयाँ घाटामा रहेको छ । हिजो राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएपछि प्रत्येक १५ दिनमा निगमले करिब एक अर्ब रुपैयाँ घाटा व्यहोर्ने भएको हो । डिजेल, पेट्रोल र खाना पकाउने ग्यासको व्यापारमा उक्त रकम घाटा भएको निगमले बताएको छ । जसमध्ये सबैभन्दा बढी एलपी ग्याँसमा ६२ करोड रुपैयाँ नोक्सान भएको छ ।निगमले डिजेल÷पेट्रोल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ । मूल्य बढेपछि पेट्रोलमा प्रतिलिटर ८.४२ रुपैयाँ र डिजेलम

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ वृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, मटीतेल, पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार, डिजेल, पेट्रोल र मटीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ भने ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ । मूल्य बढेसँगै डिजेल र मटीतेल प्रतिलिटर […]