सबैखाले पेट्रोलियम पदार्थको मूल्य बढेपनि नेपाल आयल निगम अझै ९६ करोड रुपैयाँ घाटामा रहेको छ । हिजो राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएपछि प्रत्येक १५ दिनमा निगमले करिब एक अर्ब रुपैयाँ घाटा व्यहोर्ने भएको हो । डिजेल, पेट्रोल र खाना पकाउने ग्यासको व्यापारमा उक्त रकम घाटा भएको निगमले बताएको छ । जसमध्ये सबैभन्दा बढी एलपी ग्याँसमा ६२ करोड रुपैयाँ नोक्सान भएको छ ।निगमले डिजेल÷पेट्रोल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ । मूल्य बढेपछि पेट्रोलमा प्रतिलिटर ८.४२ रुपैयाँ र डिजेलम