बागलुङ : नेपाल आयल निगमले तेलको मूल्य घटाएपछि बागलुङमा पेट्रोलियम पदार्थ अभाव भएको छ। आयल निगमले जेठ १९ गते देखि लागु हुनेगरी १० रुपैयाँ घटाउँदै पेट्रोलको प्रतिलिटर १७० र मट्टितेलको मूल्य १५३ कायम गरेपछि जिल्लाका पेट्रोल पम्पमा डिजेल तथा पेट्रोल अभाव भएको हो। सदरमुकाममा रहेका दुई पेट्रोल पम्प आइतबार दिउँसोदेखि बन्द छन्। इन्धन नभएर पम्प बन्द गरेको सञ्चालक बताउँछन्। आइतबार समेत सार्वजनिक विदा हुन थालेपछि तेलको आपूर्ति आधा मात्रै भएको न्यू ध्रुव पेट्रोल पम्पका सञ्चालक